ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपालको  राजनीतिक आन्दोलनको इतिहासमा चैत्र २४ 


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
नेपालको  राजनीतिक आन्दोलनको इतिहासमा चैत्र २४ निरंकुश राजतन्त्र र निर्दलीय पंचायती व्यवस्थाका विरुद्ध नेपाली राजनीतिक शक्तिहरुको संयुक्त आन्दोलनमा व्यापक उभार आएर जनताको अभूतपूर्व सहभागिता भै आन्दोलन उत्कर्षमा पुगेको थियो ।  फलतः आंशिक निष्कर्षको रुपमा राजाको निरङ्कुशता र पंचायती व्यवस्थाको अन्त भएको थियो । त्यसैले यो एक अविस्मरणीय ऐतिहासिक दिन बन्न गएको हो । देसमा क्रान्ति र सुधारको लागि तात्कालिक वा दीर्घकालीन माग र नारा मिल्ने शक्तिहरुबिच कार्यगत एकता वा संयुक्त मोर्चा निर्माण गरेर संयुक्त संघर्ष गर्ने सैद्धान्तिक र व्यावहारिक मान्यता विश्वव्यापी रुपमै प्रयोगमा छ । नेपालमा पनि यो मान्यतालाई आत्मसात गरी देस र जनताको मुक्ति र अधिकारको लागि निर्दलीय निरङ्कुश  पंचायती व्यवस्था  प्रमुख बाधक भएकाले त्यसका विरुद्धको संघर्षमा राजतन्त्रात्मक पंचायती व्यवस्था विरोधी नेपाली काङ्ग्रेस र कम्युनिस्ट जस्ता विपरीत वर्गस्वार्थ बोकेका शक्तिहरुबिच पनि कार्यगत एकता गरी संयुक्त जन आन्दोलन गर्नुपर्ने आवश्यकता दूरदर्शी नेता क. पुष्पलालले औंल्याउनु भएको थियो । तत्काल उहाँको जीवनकालमा यो नीति देसका राजनीतिक नेता र पार्टीहरुले अवलम्बन गरेनन् । उहाँको निधनपश्चात् पञ्चायती कालमै संयुक्त विद्यार्थी आन्दोलन उठेर निर्विकल्प भनिएको पञ्चायती ब्यवस्थालाई विवादको कठघरामा उभ्याएको र जनमत संग्रहको घोषण गर्न तत्कालीन राजतन्त्रात्मक पञ्चायती ब्यवस्था बाध्य भएको थियो । यसैक्रममा अन्ततः २०४६ मा राजनीति दलहरुले नै संयुक्त जनआन्दोलको यो कार्यनीति अवलम्बन गरी काङ्ग्रेस, ७ वामपन्थी दलहरु सम्मिलित संयुक्त वाम मोर्चा र संयुक्त राष्ट्रिय जनआन्दोलन जस्ता तीन बेग्लाबेग्लै मोर्चाहरु निर्माण गरेर आन्दोलनमा उत्रेका थिए । ती तीन भिन्नाभिन्नै शक्तिहरुको बिचमा आपसी तालमेलमा भएको उक्त आन्दोलन सफलता पूर्वक अघि बढेको थियो । त्यसैक्रममा  नेकपा मशाल, मसाल, मालेमा, नेपाली कम्युनिस्ट लीग र सर्वहारा श्रमिक संगठनसहितका पार्टी र केही व्यक्तित्वहरु सम्मिलित  “संयुक्त राष्ट्रिय जनआन्दोलन“ नामक संयुक्त मोर्चाले राजतन्त्र र उसको निर्दलीय पंचायत व्यवस्थाको विकल्पमा नयाँजनवादी गणतन्त्रलाई प्रस्तुत गर्दै २०४६ मा आजकै दिनमा वृहत् विरोध प्रदर्शनको कार्यक्रम राख्यो ।  उक्त आन्दोलनको कार्यक्रमलाई सात वामहरुको मोर्चा र नेपाली काङ्ग्रेसले समर्थन गरे । राजतन्त्र र पंचायतबाट पीडित आम नेपाली जनता उक्त दिन अभूतपूर्वरुपमा नारायणहिटी राजदरबारअगाडि इतिहासमै पहिलो पटक महासागरकै रुपमा उर्लिएर त्यहाँ  राजतन्त्र र पंचायत व्यवस्थाका विरुद्धमा र  जनगणतन्त्र अर्थात् नयाँ जनवादको पक्षमा नाराहरु बुलन्द गरे । आन्दोलनकारीहरुमाथि भीषण दमन भयो तर जनताले पनि ढुङ्गा, मुढाजस्ता घरेलु हतियारले सशक्त  प्रतिरोध गर्दै राजा महेन्द्रको सालिक तोडफोड गर्न सालिकमा चढ्दै गर्दा ती वीरहरुलाई एकपछि अर्को गर्दै गोली हानी कैयौंको क्रूरतापूर्वक हत्या यो । चैत्र २४ को आन्दोलनको आयोजक मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलन भने नयाँजनवादी व्यवस्थाको लागि प्रतिरोध आन्दोलन अझै चर्काउनुपर्ने पक्षमा रहेर गतिविधि गर्दैरह्यो । तर त्यसै आन्दोलनको राप र चापले गर्दा सत्ताधारी राजावादीहरु र आन्दोलनकारी संसदवादी नेपाली काङ्ग्रेस एवं संयुक्त वाममोर्चा २६ गते नै सम्झौता गर्न बाध्य भए । चैत्र २४ को आन्दोलनको आयोजक मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलन भने उक्त सम्झौतालाई धोका र विश्वासघात भन्दै संवैधानिक राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्थाका विरुद्धमै अडेर आन्दोलन अझ अगाडि बढाउन बल गरे । तरपनि त्यो आन्दोलन अघि बढ्न सकेन । त्यसैले विश्वमा मात्र हैन, नेपालमै असफल र अफाप सिद्ध भैसकेको राजतन्त्र सहितको पुँजीवादी बहुदलीय संसदीय व्यवस्थालाई देसी–विदेसी शक्तिकेन्द्रहरुको समेत साँठगाँठमा जबर्जस्ति स्थापना गरियो । यद्यपि आन्दोलनले आंशिकरुपमा राजनीतिक स्वतन्त्रता प्राप्त गरे पनि देसमा नवउदारवाद र दलालीकरणका साथै वैदेशिक हस्तक्षेपको मात्रा तीव्र रुपमा बढ्दै गयो । देस अराजकता, अस्थिरता र अस्तव्यस्तताको चक्रब्युहमा फस्यो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु दिनप्रतिदिन झन्झन्  जटिल र गम्भीर बन्दै गए । परिणामस्वरूप  राजतन्त्र र संसदीय व्यवस्थाको समूल नष्ट गरी नयाँजनवादी गणतन्त्रात्मक व्यवस्थाका लागि आमूल परिवर्तनको आवश्यकता बनिरह्यो ।  त्यसै आवश्यकता पूर्तिका लागि तत्कालीन माओवादीले नयाँ जनवाद स्थापना गर्ने उद्घोषकासाथ सशत्र जनयुद्ध शुरु गर्‍यो  । असंख्य धनजनको क्षति भयो । युद्धकै बिचमा फेरि पनि संयुक्त आन्दोलनको आवश्यकता खड्कियो । तत्कालीन खुला सात राजनीतिक दल र भूमिगत माओवादी पार्टी बिच संयुक्त संघर्ष गर्ने १२ बुँदे सहमति भयो । भारतमा भारतीयहरुको सहजीकरण, सुझाव र दवावमा भएको सो सहमतिबाट संयुक्त आन्दोलन सशक्त र एकरकारले निर्णायक नै बन्यो । फलतः राजतन्त्रको अन्त्य पनि भयो । अझैपनि देसमा आमूल परिवर्तन हुन सकेन र देस र जनतालाई धोका भयो । यसरी ठुलो त्याग-बलिदान सहितको १० बर्षे माओवादी जनयुद्ध र १९ दिने जन आन्दोलनको एकीकृत र समन्वित संघर्षबाट गणतन्त्र आएपनि इन्डो–पश्चिमा हस्तक्षेपले झन् तीव्रता पायो ।  ती वैदेशिक हस्तक्षेपहरुका सामु देसका ठूला राजनीतिक शक्तिहरुले आत्मसमर्पण गरे र देस अहिले चौतर्फी चरम संकटका कारण विष्फोटक अवस्थामा रहेको छ । यस परिप्रेक्षमा विगतदेखि वर्तमानसम्मका सफलता र कमजोरीहरुको वस्तुगत यथार्थका आधारमा सन्तुलित, सम्यक र  परिपक्व समीक्षा गर्दै देश र जनताको रक्षा र प्रगतिका निम्ति सम्झौताहीन संघर्षको रुपमा पुनः अर्को निर्णायक संयुक्त जनआन्दोलन उठाउन अनिवार्य भएकोले त्यसको लागि राष्ट्रिय क्रान्तिकारी मोर्चा निर्माण गर्ने प्रकृया थालनी भएको छ । यस सन्दर्भमा चैत्र २४ को स्मरण गर्दै जनआन्दोलन दिवस मनाउन  राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको तर्फबाट २०४६ चैत्र २४ को इतिहास, नारा र बलिदान लगायत त्यसयता भएका जनसंघर्ष र बलिदानलाई स्मरण गर्नु  वान्छनीय भएको छ । साथै सम्पूर्ण संयुक्त र सशक्त आन्दोलनहरुको भावनालाई आत्मसात गरी सम्पूर्ण शहीद, घाइते, बेपत्ता, योद्धा र आम शोषित-पीडित जनसमुदायहरुको यथोचित सम्मान गर्नु अहिलेको हाम्रो  न्युनतम दायित्व हुन आएको छ । त्यो सम्मान भनेको ती योद्धाहरुका सपनाहरुलाई साकार पार्नु अर्थात् राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरुलाई हल गर्नु हो ! त्यसो गर्नको लागि राष्ट्रिय क्रान्तिकारी मोर्चालाई व्यापक र सुदृढ गर्दै एउटा महामोर्चाको रुपमा विकसित गरी शक्तिशाली बनाएर त्यसैको पहलमा प्रभावकारी र परिणाममुखी अर्को निर्णायक संयुक्त जनआन्दोलनको विकास गर्नु अत्यन्त जरुरी छ । यसरी मात्र चैत्र २४ को सच्चा सम्झना हुनेछ भने वीरगति प्राप्त गर्ने सम्पूर्ण महान् शहीदहरुप्रति सम्मान र सलामी  हुनेछ । आज केही शक्ति र व्यक्तिहरुले सत्ता र शक्तिको स्वार्थका कारण ती महान् सहिद, बेपत्ता, बलात्कृत, घाइते, घरबारबिहीन योद्धा र आम जनता लगायत सबैको योगदानलाई बिर्से–नकारे पनि हामी उहाँहरुलाई हार्दिक सम्झना, श्रद्धा र सलाम गर्दछौ र उहाँहरुका सपना र जपनालाई पूरा गर्ने प्रणप्रतिज्ञा समेत दोहोराउन चाहन्छौं ! अन्तमा, यसै दिशामा उन्मुख र केन्दृत हुन नेपालका सम्पूर्ण देसभक्त, जनवादी, वामपन्थी, कम्युनिस्ट क्रान्तिकारी र सच्चा लोकतन्त्रवादी शक्ति–समूह, संघ–संस्था, संगठन–अभियान, आन्दोलन–प्रतिष्ठान तथा विभिन्न पार्टीहरुमा छरिएर रहनुभएका  प्रतिबद्ध वा स्वतन्त्र क्रान्तिकारी र देसभक्त व्यक्ति–व्यक्तित्वहरुलाई समेत हार्दिक अपिल गर्दछौं । यसदिशामा सम्बन्धित सबैलाई सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

जनप्रतिनिधिबाट जनविमुख संसद

जनप्रतिनिधिबाट जनविमुख संसद

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

परिवर्तनको नाममा स्थायी दोहोरावट

अराजकता होइन विवेकपूर्ण परिवर्तनको खाँचो

परिवर्तनको नाममा स्थायी दोहोरावट

समानता र स्वतन्त्रताको संघर्ष नयाँ पुस्ताको भूमिका

परिवर्तनको नाममा स्थायी दोहोरावट

जेन–जि सरकार तीन वर्ष टिकाउनुपर्ने माग आन्दोलन-निषेधदेखि राजनीतिक सुधारसम्म  तिवारीको धारणा

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host