ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

देशमा जनताकाे खाँचाे-‘सन्ताेष प्र तिवारी’


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०७८ माग ०४

सन्तोष प्रसाद तिवारी:_काठमाडौं। विश्व समुदायमा मानवले जहिले पनि  सुखि र पुर्ण जिवनकाे अपेक्षा गरेकाे हुन्छ। आफ्ना आवश्यकता परिपुर्तिका लागि हरेक प्रयत्न र संघर्षरत अवस्थामा जान बाध्य हुन्छन् । आज यहि बाध्यता र संघर्षले मान्छेलाई एक अर्काकाे धार्मिक,भाषिक,जातीय एवम्  लैंगिक,र वर्गीय शत्रुकाे रुपमा विभाजित गरेकाे छ। अझ ‘इतिहासको पाना पल्टाएर हेर्ने हाे भने, मानवीय हक, अधिकार, समानता र स्वतन्त्रताको लागि धेरै युद्ध भए, बारम्बार जनताले देशकाे नेतृत्वकाे परिक्षा पनि लिइराखे। आखिर ती सबै त्याग र बलिदान पानीका फाेका जस्तै भए। अन्त्यमा उहीँ जनता नै अनेकौं दल र सङगठनमा समाहित हुन पुगे, आफ्ना आवश्यकता पुर्ण हुनसक्ने सम्भावनाकाे अभिलाशाका साथ,वास्तविक रुपमा नयाँ परिवर्तन र शासकिय स्वरुपकाे रुपान्तरणकाे लागि गरिएकाे प्राप्त उपलब्धि र बलिदानकाे एउटै स्वार्थ देखियो।

त्यो हाे नेतृत्वहरूकाे व्यक्तिगत स्वार्थ, अहमता, छल र कपट अनि सत्ता र शक्तिमा रमाउने र राज्यकाे सम्पत्तिको ब्रह्मलुट गरिरहने ,जनताकाे पनि एउटा न एउटा राजनितिक दल वा सङगठन विना अलग रहनै नसक्ने अवस्था आएकाे छ। देसमा प्रजातन्त्रकाे स्थापना गरे,पञ्चायती व्यवस्थाकाे लामाे अभ्यास गरे, निर्दल र बहुदलमा बहुदल ल्याए, अहिले संघीय लाेकतान्त्रीक गणतन्त्रमा मडारीरहेका छन्। आखिर के-के तन्त्र बाँकि छन् र आउने छन् समयले नै निर्धारण गर्ला। तर देश र जनताकाे प्रगति , उन्नति र विकास भने कहिल्यै भएकाे देखिएन, अभाव र गरीबीबाट जनता ग्रसित छ ,केही हुनेखाने र सम्पन्न कहलिएकाहरु पनि आउने अन्धकार भविष्यलाई देखेर मर्माहित भएका छन्।

ADVERTISEMENT

जति-जति परिवर्तन भयाे त्यति नै देश परनिर्भरतामा भर परि डिग्री गरेका युवापिँढि युरोप ,अमेरिका र खाडीमा गई श्रम बेच्न बाध्य बनेका छन्। यता देसका शाषक भन्नेहरु जनताकाे नाममा ठगेर विदेशीहरूबाट तलब, भत्ता र बाेनस खाईरहेका छन्। देशका  विवेकहीन र असक्षम शासकका कारण हातमा डिग्रीकाे सर्टिफिकेट लिएर वैदेशिक राेजगारका लागि भौतारिएका नवयुवाहरू कहिले आफ्नो देशकाे विकाश र सम्वृद्धि भई स्वाभिमानी र इज्जतका साथ देसमै काम गरी बाच्ने अवसर पाईएला भनि यसकाे प्रतीक्षा लामाे समय देखि नै गरिरहेका छन्। राजनितिक दलकाे भरिया र अभियान्ताकाे ढाेंग रचेर  बारम्बार विदेशीलाई गाली गर्ने र अनि त्यहीँ विदेशीको परनिर्भरताले चलेकाे देश र यहाँका वैदेशिक राेजगारका प्यासा नागरिकहरूकाे भविष्य अन्धकार छ, दासत्व र अधिनायकत्वमा स्विकार गर्न नचाहने जनताहरू आज २१ औ शताब्दीमा उहीँ दासत्व र अधिनायकत्वकाे घुमाउरो माेडालिटीमा दिन प्रतिदिन हेपिँदै र पेलिँदै गइरहेका छन्।

जनता सबै राजनितिक दल र विदेशी डलरमा चलेका अभियन्ताकाे कार्यकर्ता भैसकेकाले देशमा आजकाे दिनसम्म आइपुग्दा जनता नै  छैनन् मात्र नेता, कार्यकर्ता , राजनीतिक दल र अभियन्ताकाे सङगठन। देशमा कसैलाई कसैकाे चिन्ता छैन,राष्ट्रियताकाे नाममा बार्गेनिङ मात्र भईरहेकाे छ, दलहरुले पनि सत्ता र शक्तिको लागि आफ्नो राजनितिक सङगठनलाई नै विदेशीकाे उपनिवेशमा सुम्पिएर जनतालाई नाटकिय रञ्गमञ्चकाे दर्शक मात्र बनाएका छन्।यता जनता अलपत्र छन् ,हराईरहेका छन्। छिमेकि लगाएत तेस्रो मुलुकले मादल बजाईरहेका छन्,यता विभिन्न दल, संगठन र अभियन्ताकाे नाममा देशलाई जहिले पनि अशान्ति , अराजकता र राजनीतिक अस्थिरताकाे दिशातिर धकेलेर रञ्गमञ्चमा तमासा देखाईरहेका छन्। अनि त्यहि जनता विराेधि र सत्ताधारी, अन्त्यमा न्यायाधिस पनि। जसरी जनताले नेतृत्वलाई भ्रष्ट भन्दै गाली गर्छन् त्यसकाे जिम्मेवार जनता स्वयं छन्। किनभने जनताले आफुले चुनेर पठाएको नेतृत्वसँग विभिन्न व्यक्तिगत स्वार्थको लागि वार्गेनिङ गरि निर्वाचनमा आफ्नो मतकाे दान गर्ने गर्छन् याे पनि भ्रष्टाचार हाे।

सिंगाे समाज आज यहि दलदलमा फसेकाे छ। चाेखाे भन्ने काेहि पनि छैन।त्यसैले नेतृत्वलाई गाली गर्नु र नयाँ नेतृत्व खाेज्दै हिड्नु आकाशतिर हेरेर थुक्नु जस्तै हाे।जब सिंगाे समुदाय पुर्ण रुपमा हरेक क्षेत्रमा  चिन्तनशिल र चेतनशिल बन्दैन तबसम्म कुनै परिवर्तन र पुर्ण क्रान्तिकाे आशा नगर्दा देखिन्छ । आज देसले असली र आम नागरिक  मागेकाे छ,या कि सङगठनका अभियान्ता र कार्यकर्ता हाेईन।देसमा जनताकाे खाँचाे छ। देसलाई माया गर्ने भित्री हृदय भएका र देसप्रति बफादारीकाे भुमिका निर्वाह गर्न सक्ने जनता चाहिएकाे छ – गद्दारी र लाचारीमा बिक्ने जनता हाेईन।

यदि साँच्चै नेपाल देश, राष्ट्र र राज्य चाहिन्छ भने,सर्वप्रथम देशकाे असल, ईमान्दार,निस्वार्थि , अनुशासित र सक्षम जनता बन्न आवश्यक छ।अनि देसकाे असल,याेग्य र दुरदर्शि नेतृत्व पनि।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

जनप्रतिनिधिबाट जनविमुख संसद

जनप्रतिनिधिबाट जनविमुख संसद

कम्पनी सचिब आवश्यकता की बाध्यता

कम्पनी सचिब आवश्यकता की बाध्यता

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

परिवर्तनको नाममा स्थायी दोहोरावट

अराजकता होइन विवेकपूर्ण परिवर्तनको खाँचो

जेनजी आन्दोलनको बारेमा बौद्धिक पेसाकर्मीले गर्‍याे अन्तरक्रिया

जेनजी आन्दोलनको बारेमा बौद्धिक पेसाकर्मीले गर्‍याे अन्तरक्रिया

परिवर्तनको नाममा स्थायी दोहोरावट

समानता र स्वतन्त्रताको संघर्ष नयाँ पुस्ताको भूमिका

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host