काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख ९ हजार ८ सय रूपैयाँ कायम भएको ले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?