२०८० वैशाख १३,
काठमाडौँ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले कर दाखिला गर्ने सम्बन्धमा एक सार्वजनिक सूचना जारी गरेको छ।नगरपालिका क्षेत्रभित्र रहेका घरजग्गा भएका तथा व्यवसाय सञ्चालन गरेका करदाताहरुलाई जरीवाना सहित कर दाखिला गर्न सम्बन्धित वडा कार्यालयमा ताकेता गरिनु पर्ने जनाउदै करदाताहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरेको हो।
सुचनामा भनिएको छ कि – यस बूढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र घरजग्गा भएका तथा व्यवसाय सञ्चालन गरेका करदाताहरुले नगरपालिकालाई तिर्न बाँकी रहेको सम्पत्ति कर / भूमीकर/ बहाल कर / व्यवसाय कर लगायत सम्पूर्ण कर बक्यौता भए सो र सोको जरीवाना समेत सम्बन्धित वडा कार्यालयमा दाखिला गर्नुहुन सम्बन्धित करदाता-हरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। समयमै कर तिरी नगरको विकास निर्माणमा सहभागी हुन तथा जरिवानाबाट बच्न समेत अनुरोध छ,जारी सुचनामा उल्लेख गरिएको छ। सुचनाको मुलभूत सार यस्तो रहेको छः-