ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

जीवनबहादुरहरुसँग सहकार्य गरेर समाजवाद आउँदैन : छक्कबहादुर लामा


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं ।

पुराना वामपन्थी नेता छक्कबहादुर लामा हुम्लाबाट दुई पटक संघीय सांसद भइसकेका नेता हुन् । तर, यसपटक भने लामा कर्णाली प्रदेशसभाका लागि निर्वाचन लडे र नेपाली कांग्रेसका जीवनबहादुर शाहीसँग पराजीत बने । माओवादी केन्द्रको प्रभाव रहेको यस क्षेत्रमा गठबन्धनबाट कांग्रेस नेता शाहीले जितेका हुन । लामाको व्यक्तित्व, कर्म, विद्वता हेर्दा शाहीसँग चुनाव हार्नुपर्ने थिएन ।

ADVERTISEMENT

जनतामाझ लोकप्रिय छक्कबहादुर लामा यसअघि २०७४ सालमा वाम गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका थिए । ०४८ सालमा संयुक्त जनमोर्चाबाट देशभरिबाट जित्ने नौ सांसदमध्ये लामा पनि एक हुन् । जनमोर्चा नेकपा (एकता केन्द्र) को रणनीतिक मोर्चा हो । एकता केन्द्र नै पछि माओवादी बन्यो ।२०७४ सालको आम निर्वाचनमा एमाले–माओवादीको गठबन्धन बन्दा गठबन्धनका आधिकारिक उम्मेद्वार माओवादी केन्द्रका पूर्वसांसद छिमीदोर्जे लामा विरुद्ध वागी उम्मेदवार बनेर निर्वाचन जितेका व्यक्ति छक्क लामा अहिले भने पराजित भएका छन् ।

माओवादी जनयुद्धमा एक छोरी गुमाएका लामालाई वागी उम्मेद्वार बनेपछि नेकपा माओवादी केन्द्रले कारवाही समेत गरेको थियो । उनले निर्वाचन जितिसकेपछि माओवादीले कारवाही फिर्ता गरी पार्टीमा पुनर्बहाली समेत गरेको थियो । नेकपा फुटेपछि लामा अहिले भने नेकपा एमालेको राजनीतिमा सक्रिय छन् ।राष्ट्रिय स्वाधीनताको पक्षमा सँधै डटिरहने लामा वामपन्थी जनमत भएको हुम्ला जिल्लामा पराजय हुनु र विदेशी शक्तिकेन्द्रसंँग निकट सम्बन्ध रहेका जीवनबहादुर शाही विजय हुनुले हुम्लेली जनताले अनौठो अनुभूत गरिरहेको धेरैको बुझाइ छ ।

शाहीसँग प्राविधिक आधारमा पराजित भए पनि स्वाधीनता पराजीत हुन नदिन लामा अहिले पनि निरन्तर लागिरहेका छन् । उनी आफ्नो अभियानमा सक्रिय रहिरहने बताउँछन् ।कालापानी लिपुलेक, लिम्पियाधुरामा भारतले सीमा अतिक्रमण गरेको विषयमा राष्ट्रिय सहमति बनिरहेकै बेलामा कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री शाहीले हुँदै नभएको चीनको सीमा विवाद उछालेर राष्ट्रिय स्वाधीनताको मुद्दालाई विषयाान्तर गरेका थिए ।

मित्रराष्ट्र चीनसँग त्यस मुद्दाले यसले चिसोपन बढाइदिएको अनुभूत भएको छ । कोरोनापछि नाकाबन्दी रहेको हुम्ला क्षेत्र अझै सहज बन्न नसक्नुमा जीवनबहादुर शाहीहरु जस्ताको विवादित कदम जिम्मेवार रहेको हुनसक्ने लामाको ठहर छ ।उत्तरी नाका सहज नहुँदा त्यस क्षेत्रका जनताले असहज जीवन बाँचिरहेका छन् । जसरी दक्षिणतिरका नेपाली सीमामा भारतसँग लडेर त्यहाँका जनतालाई जीवन धान्न कठिन हुन्छ त्यसरी नै उत्तरतिर चीनसँग सिमाना जोडिएका नेपालीहरुलाई चीनसँग सम्बन्ध विगारेर बाँच्न कठिन हुने लामा बताउँछन ।

राष्ट्रिय स्वाधीनताको विपक्षमा रहेका र कूटनीतिक क्षेत्रमा पनि विवादित कार्य गर्दै आएका जीवन वहादुर शाहीलाई आलोपालोको रुपमा अर्काे पटक मुख्यमन्त्री बनाउने गरी माओवादीले सहमति गर्नु विडम्बना रहेको लामाको ठहर छ । कर्णाली क्षेत्रमा द्वन्द्व निम्तिनु समग्र देशकै निम्ति खतरा हो भन्दै त्यस्तो खतरा नमोल्न लामाले माओवादीका नेतृत्वलाई सुझाव दिएका छन् ।
समाजवादको मीठो सपना बोकेर वलिदानी पूर्ण संघर्ष गरेको माओवादी केन्द्रले गलत शक्ति र व्यक्तिसँग सहकार्य गरेर निर्दिष्ट लक्ष्यमा नपुगिने लामाको निश्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सेल्फल्याण्डिङ्ग साम्यवाद नयाँ प्रारम्भ  “सन्ताेष प्र. तिवारी”

सेल्फल्याण्डिङ्ग साम्यवाद नयाँ प्रारम्भ  “सन्ताेष प्र. तिवारी”

छापा पत्रकारिता सम्भावना र रणनीति

छापा पत्रकारिता सम्भावना र रणनीति

आजको मान्छे ढोंग, पाखण्ड र बदलिँदो समाज

आजको मान्छे ढोंग, पाखण्ड र बदलिँदो समाज

मार्क्सवादी  दर्शन शास्त्र हाफ फिलोसोफी

मार्क्सवादी दर्शन शास्त्र हाफ फिलोसोफी

विश्वव्यापी विरोध प्रदर्शन कारण र प्रभाव

विश्वव्यापी विरोध प्रदर्शन कारण र प्रभाव

बाथरोगकाे उपचार अनुमानको भरमा गर्नु राम्रो हाेईन डा.कल्पना पुडासैनी

बाथरोगकाे उपचार अनुमानको भरमा गर्नु राम्रो हाेईन डा.कल्पना पुडासैनी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host