ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

स्वास्थ्य बीमा : सबै नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउने


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
नुवाकोट, नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेपाल सरकारमार्फत सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रममा नुवाकोटका करिव २० हजार घरपरिवार आवद्ध भएका छन् । नुवाकोटमा विसंं २०७७ असार २१ गतेदेखि दर्ता सुरु भएर सोही वर्षको मंसिर १ गतेदेखि सञ्चालमा आएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लाको १९ हजार सातसय ८० घरपरिवार आवद्ध भएको स्वास्थ्य बीमा बोेर्ड, शाखा कार्यालय नुवाकोटले जनाएको हो । स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तरर्गत सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा सेवालाई प्रत्येक नागरिकलाई सरल र सहज बनाउन नुवाकोटमा शाखा कार्यालय स्थापना गरेर हाल सबै वडामा दर्ता सहयोगीमार्फत घरघरमा नै सेवा पुर्याएको शाखा कार्यालय नुवाकोटका दर्ता अधिकारी गिता शर्माले जानकारी दिनुभयो । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनिकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गर्न सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम नुवाकोटमा निकै प्रभावकारी भएको पाइएको छ । स्वास्थ्य बीमा गरेपछि जिल्लामा तोकिएका चारवटा स्वास्थ्य संस्था तथा ती अस्पतालको सिफारिसमा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका तोकिएको अस्पतालबाट वार्षिक एक लाखसम्मको स्वास्थ्य सेवाको लाभ लिन पाइने व्यवस्था रहेको त्रिशूली अस्पतालका निमित्त (मेडिकल सुपरिटेन्डेन्ट) डा.प्रतिक सिंहले जानकारी दिनुभयो । सबै नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई निःशुल्क समावेश गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको हकमा आधा रकम छुटसहितको सम्पूर्ण परिवारको बीमा गर्न पाइने सुविधा उपलब्ध छ । स्वास्थ्य बीमा कार्यक्रमको लागी नुवाकोटमा त्रिशूली अस्पतालसहित खरानीटार अस्पताल, ककनी र देउराली प्राथमिक स्वास्थ्य केन्द्र गरेर चारवटा स्वास्थ्य सँस्थामा सेवा उपलब्ध छ । जिल्लामा उपचार सम्भव नभए स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका देशका अधिकांश सरकारी अस्पतालमासमेत उपचार गराउन पाइने भएकाले स-साना देखि ठूला प्रकृतिका बिरामीको लागी समेत स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको हो । सबै नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई निःशुल्क समावेश गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको हकमा आधा रकम छुटसहितको सम्पूर्ण परिवारको बीमा गर्न पाइने सुविधा उपलब्ध छ । जिल्लामा हालसम्म करिव २० हजार घरधुरी यस कार्यक्रममा आवद्ध भएकोमा सबैभन्दा बढी विदुर नगरपालिका पाँच हजार एक सय ४० घरपरिवार र बेलकोटगढीमा दुई हजार ७० घरपरिवार आवद्ध भएको पाइएको छ। नुवाकोटको जनसङ्ख्या दुई लाख ६२ हजार नौसय ८१ जना रहेकोमा ३१ हजार २६६ जना स्वास्थ्य बीमा कार्यक्रमको पहुँचमा जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

ॐ समाज डेण्टल अस्पतालकाे चन्द्रागिरीमा निःशुल्क दन्त शिविर

ॐ समाज डेण्टल अस्पतालकाे चन्द्रागिरीमा निःशुल्क दन्त शिविर

ॐ समाज डेण्टल अस्पताल ले लिटल फ्लावर्स स्कुलमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न स्कुल अस्पतालबीच MOU मा हस्ताक्षर

ॐ समाज डेण्टल अस्पताल ले लिटल फ्लावर्स स्कुलमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न स्कुल अस्पतालबीच MOU मा हस्ताक्षर

सुरक्षित गर्भपतनका लागि वीरगञ्जमा युवा पहुँच परियोजना सञ्चालन

सुरक्षित गर्भपतनका लागि वीरगञ्जमा युवा पहुँच परियोजना सञ्चालन

ॐ समाज डेण्टल अस्पतालकाे एकै दिन दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

ॐ समाज डेण्टल अस्पतालकाे एकै दिन दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

आगमन एकेडेमीमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर

आगमन एकेडेमीमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर

डा.महेश मान श्रेष्ठलाई सम्मान

डा.महेश मान श्रेष्ठलाई सम्मान

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host