काठमाडों, नेपालमा २६ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६७ सक्रिय सङ्क्रमितमध्ये २६ जना संस्थागत आइसोलेसनमा भर्ना भएका हुन् ।
त्यस्तै, आठ जना आइसियू र एक भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयका अनुसार २४ घण्टामा १९ सय २५ जनाको कोरोना परीक्षण गर्दा १०३ जनामा कोरोना पुष्टि भएको छ ।
सोही सयमा ५३ जना सक्रमित सङक्रमणमुक्त भएको मन्त्रालयले उल्लेख गरेको छ । २४ घण्टामा ५४ हजार ३१६ जनाले कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क छ । कोरोना फैलन नदिन मन्त्रालयले जनस्वास्थ्यका मापदण्डा अपनाउन र कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?