ADVERTISEMENT
काठमाडौं : आइतबार देशभर ६० जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा १ हजार ४७३ जनाको नमूना परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको हो।
ADVERTISEMENT
६० जना नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या ३२८ पुगेको छ। सक्रिय संक्रमितमध्ये हाल २८ जना संस्थागत आइसोलेशनमा, ९ जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।
आज ५५ जना संक्रमणमुक्त भएका छन्।












