काठमाडौं, वैशाख १८ गते। नेपालमा ३२ जना कोरोना संक्रमित संस्थागत आईसोलेसनमा भर्ना भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा २८३ जना सक्रिय संक्रमितमध्ये ३२ संस्थागत आईसोलेसनमा भर्ना भएका हुन्।
संस्थागत आईसोलेसनमा भएका मध्ये ११ जना आईसीयू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७५ जनाको कोरोना परीक्षण हुँदा १९ जनामा संक्रमण पुष्टि भएको छ।
सोही समयमा ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। २४ घण्टामा २९ हजार ३९९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?