काठमाडौं : देशका चार स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
काठमाडौं, तारकेश्वर नगरपालिका-११ शेषमती सडकमा बा.३ ख ६३६७ नम्बरको बसले बा.४९ प ७०१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी रुपनी गाउँपालिका-३ घर भई ललितपुर ईमाडोल बस्ने ५७ वर्षीय जोगेन्द्र प्रसाद गुप्ताको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बसमा सवार ९ जनामध्ये ७ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् भने अन्य २ जनाको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचार भइरहेको छ। हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।
नुवाकोट, शिवपुरी गाउँपालिका-१ तलाखुस्थित सडकमा बा.प्र.०२-०३७ प १६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ बस्ने ४२ वर्षीय विनोद श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत अस्पताल शिवपुरीमा उपचारको क्रममा मृत्यु भएको हो।
रूपन्देही, मायादेवी गाउँपालिका-४ मोतिपुरस्थित सडकमा बागमती प्रदेश ०१-०२७ च ११४४ नम्बरको भ्यानले लु.२ प ७५७८ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-५ बस्ने ६० वर्षीय खलिल धुनिया मुसलमानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले भ्यान चालकलाई नियन्त्रणमा लिएको छ।
यसैगरी रुपन्देही, बुटवल उपमहानगरपालिका-२ पाखापानीस्थित सडकमा लु.६३ प ८१८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा चालक प्युठान झिमरुक गाउँपालिका-५ बस्ने ५० वर्षीय श्रीधर पोखरेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।
पर्सा, छिपरमाई गाउँपालिका-५ भिस्वास्थित सडकमा बीआर ५ ए ८३३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार पकाहामैनपुर गाउँपालिका-५ सबैठवा बस्ने ३७ वर्षीया ईन्दु देवीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि एलएस न्यूरो अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?