ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

कोशी प्रदेश :९७ प्रतिशत घर परिवारमा शौचालय, ७९ दशमलव सात प्रतिशत साक्षरता


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी प्रदेशस्तरीय नतिजा आज सार्वजनिक गर्दै प्रदेशका १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात ५५ परिवारमध्ये तीन दशमलव दुई प्रतिशत परिवारको शौचालयको पहुँच नभएको उल्लेख गरिएको छ । राष्ट्रिय जनगणना २०६८ मा शौचालयको पहुँच नभएका परिवारको संख्या ३० दशमलव तीन प्रतिशत थियो । जनगणना २०७८ अनुसार प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार चार सय १२ मध्ये महिला २५ लाख ४४ हजार ८४ (५१ दशमलव २८ प्रतिशत) छ भने पुरुष २४ लाख १७ हजार तीन सय २८ (४८ दशमलव ७२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । विसं २०६८ को राष्ट्रिय जनगणनामा प्रदेशको जनसंख्या ४५ लाख ३४ हजार नौ ४३ थियो । जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्यामध्ये अन्य लिङ्गीको संख्या दुई हजार नौ सय २८ (शून्य दशमलव शून्य एक प्रतिशत) मध्ये प्रदेशमा यसको १० दशमलव चार प्रतिशत छ । प्रदेशमा वार्षिक औसत जनसंख्या वृद्धिदर शून्य दशमलव ८५ प्रतिशत छ । जसमा झापामा सबैभन्दा बढी एक दशमलव ९७ प्रतिशत र सबैभन्दा कम खोटाङ छ । जनगणनाअनुसार प्रदेशको कूल जनसंख्याको ६२ दशमलव आठ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका छन् भने १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लोको उमेर समूहका जनसंख्या क्रमशः २६ प्रतिशत र ११ दशमलव दुई प्रतिशत छ । प्रदेशमा सबैभन्दा बढी जनसंख्या मोरङमा ११ लाख ४८ हजार एक सय ५६ जना छन् भने सबैभन्दा कम जनसंख्या तेह्रथुममा ८८ हजार सात सय ३१ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो र तेस्रो धेरै जनसंख्या भएका जिल्ला हुन् भने कम जनसंख्या भएका जिल्लामा सोलुखुम्बु र ताप्लेजुङ क्रमशःदोस्रो र तेस्रो स्थानमा छन् । प्रदेशमा ५३ दशमलव चार प्रतिशत परिवारले खाना पकाउन काठ-दाउराको प्रयोग गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । खाना पकाउन एलपी ग्यास, गुइँठा, बायोग्यास, बिजुली, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवाको क्रमशः ४१ दशमलव दुई, तीन दशमलव चार, एक दशमलव तीन, शून्य दशमलव पाँच, शून्य दशमलव शून्य चार र शून्य दशमलव दुई प्रतिशत छ । जनगणनाअनुसार प्रदेशमा कूल ११ लाख ९१ हजार पाँच सय ५६ परिवारमध्ये ३० दशमलव नौ प्रतिशत परिवारको मूली महिला छन् । जुन अघिल्लो जनगणनाको तुलनामा चार दशमलव छ प्रतिशत बढी छ । प्रदेशका कूल जनसंख्याको दुई दशमलव चार प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेकोमध्ये पुरुष ५३ दशमलव नौ प्रतिशत र महिला ४६ दशमलव एक प्रतिशत छन् । प्रदेशमा पाँच वर्ष वा सोभन्दा बढी उमेर समूहको कूल जनसंख्यामा ७९ दशमलव सात प्रतिशत साक्षरता रहेकोमध्ये पुरुषको ८६ दशमलव एक प्रतिशत र महिला ७३ दशमलव छ प्रतिशत छ । प्रदेशमा २८ दशमलव दुई प्रतिशतले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् भने कक्षा ६ देखि ८ सम्म उत्तीर्ण गर्ने २० दशमलव एक प्रतिशत, एसइई वा सोसरह उत्तीर्ण गर्ने ११ दशमलव तीन प्रतिशत र एसइईभन्दा माथिल्लो तह उत्तीर्ण गर्ने १६ दशमलव सात प्रतिशत छन् । प्रदेशमा पाँच वर्ष वा सोभन्दा कम उमेरका कूल चार लाख ६२ हजार छ सय २५ जना बालबालिकामध्ये ७० दशमलव आठ प्रतिशतको जन्मदर्ता गरेको देखिन्छ भने २९ दशमलव दुई प्रतिशतको जन्मदर्ता नभएको देखिन्छ । प्रदेशमा पहिलो विवाह गर्दाको औसत उमेर २० वर्ष रहेको छ । जसमा पुरुषको २२ वर्ष र महिला १९ वर्ष छ । प्रदेशमा विद्युत् प्रयोग गर्ने परिवारको संख्या ९३ दशमलव सात प्रतिशत छ । जुन २०६८ को जनगणनामा यस्तो संख्या ६५ दशमलव आठ प्रतिशत थियो । प्रदेशमा स्मार्टफोन भएका परिवार ७४ दशमलव दुई प्रतिशत रहेको छ भने साधारण मोबाइल फोन भएका परिवार ७२ दशमलव छ प्रतिशत छ । महिलाका नाममा घर वा जग्गा वा दुवै हुने परिवारका संख्या २८ दशमलव चार प्रतिशत छ । जुन २०६८ को तुलनामा शून्य दशमलव पाँच प्रतिशत बढी छ । प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले तथ्याङ्का आधारमा राज्यले उपलब्ध गराउने सेवासुविधा तथा कृषि, उद्योग, उत्पादकत्व, बजार व्यवस्थामा सहयोग पुग्ने विचार राखे । राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख मुन्नीकुमारी चौधरी, कार्यालयका निर्देशक केशवकुमार गौतम र अधिकृत नन्दलाल सापकोटाले योजना निर्माण, विकास र शान्ति सुरक्षामा तथ्याङ्क उपयोगी हुने विचार राखे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host