मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बाममा ट्याक्टर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ।
आइतवार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडक बाट ५० मिटर तल खसी दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको हो।
मृत्यु हुनेमा ३० वर्षका चालक काशिलाल बढुवाल र २० वर्षका सहचालक शिव बढुवालको घटना स्थलमै मृत्यु भएको छ।
आइतबार राति घटना भएको भए पनि घटना बारेमा बिहानै मात्र थाहा भएको स्थानीय प्रेम सिंह बुढाले बताए। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?