२०८० साउन ०९ काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० लाख रुपैयाँ सम्मको क’र्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्ने व्यवस्था रहेको जनाएको छ । राष्ट्र बैंकको वित्तीय समावे’शीता तथा ग्राहक संरक्षण महा’शाखाले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय सुंस्थाहरुले प्रदान गर्ने कृषि कर्जामा वास्तविक कि’सानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ ।
यसको लागि प्रत्येक शाखाले कर्जा’सम्बन्धी निवेदन प्राप्त भएको ७ कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भए सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने व्यवस्था रहेको छ । कृषि क’र्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालन जस्ता कार्यका लागि यस प्रकारको कर्जा सुविधाको व्यवस्था गरिएको सूचनामा उल्लेख छ । यस प्रकारको कर्जा दिन कसैले आ’ना’का’नी गरेमा गुनासो टिपाउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।