साउन १७, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढाएको छ भने ग्यासको भाउ घटाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ भाउ बढेको छ । यसैगरी, डिजेल र मट्टितेलमा पनि ७ रुपैयाँका दरले नै भाउ बढाइएको छ । तर खाना पकाउने एलपी ग्यासमा भने प्रति-सिलिण्डर १ सय ३० रुपैयाँ भाउ घटाइएको छ ।
भारतबाट परिवर्तन भएर आएको मूल्य अनुसार यहाँ पनि भाउ समायोजन गरिएको आयाल निगमले जानकारी दिएको छ । अहिले पे’ट्रोलियम प’दार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिएको छ ।
नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रोमा १७२ र तेस्रो समूहमा १७३ रुपैयाँ पुगेको छ निगमको भनाई छ। यसै गरी, डिजेल र मट्टितेलको भाउ पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो समूहमा १५३ रुपैयाँ निर्धारण गरिएको छ । एलपी ग्यास भने घटेर प्रति-लिण्डिर १६ सय ६० रुपैयाँमा आएको छ । मुल्य सुची-