साउन१८ ,काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइ.पी.ओ.मा आवेदन दिने साउन १८ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
कम्पनीले साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर आइ.पी.ओ बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको कुल १२.५०% का दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो ।
यसमध्ये हाथवेले पहिलो चरणमा आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको हो । साथै, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।
त्यस्तै, ७३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुररिक्षत गरिएको छ । बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ ।
यसमा प्रतिकित्ता ५० रुपैयाँका दरले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सी.डी.एस. एन्ड. क्लियरिङ लिमिटेडको मेरो सेयर सफ्टवेयर मार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् । ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
नेपालमा पहिलो पटक इन्भेष्टमेन्ट कम्पनीले आइपीओ जारी गर्न लागेको हो । यस कम्पनीले सेयर बजार, रियल स्टेट लगायत अन्य उत्पादन-मूलक क्षेत्रमा लगानी गर्दै आएको छ ।