ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

जागिरबाट अवकाश, पेन्सन खाँदै विदेशमा बास


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

बैकुण्ठ भण्डारी।
२०८० साउन २४, काठमाडौँ। ‘कस्ता कस्ता आए गुलेली खेलाए, मट्याङ्ग्रा सत्यानाश’ भन्ने  उखान नेपाली व्यूरोक्रेट्ससँग हुबहु मिल्छ । राष्ट्रवादी मानिएका व्यूरोक्रेट्सहरु ५८ वर्ष उमेरसम्म राष्ट्रका सवै नीति नियम, कानून खेलाउँछन् खेलाउँछन् आफ्नो स्वार्थ पूरा गर्छन् । अनि  राष्ट्रलाई नै तिला -ञ्जली दिँदै विदेशीको दास बन्न लालायित हुने गरेका छन् ।

बैरी । नेपाल सरकारको सह-सचिवबाट रिटायर्ड भएको केही महिना पनि भएको छैन । धन्नैले सचिवमा बढुवा भएका उनलाई सचिव नभएकै जाती भयो रे ! किन भनेर सोधेको  ? सचिव भाको भए, अवकाश पछि कहाँ गयो के गर्यो भन्दै सोधी खोजी गर्ने युट्युवर धेरै हुन्थे । त्यही भएर यही जाती ।
अरु मुठाका मुठा विटा बुझाएर रिझाउँदा पनि सचिव हुन पाईन भन्दै पिआर नविकरण गराउँन फुत्त उता पुगेर आउँछन् । बैरी चाहि किन विरक्क्तिएका होलान् भनेको त उनको पहिले  नै पिआर रैछ ! कुन बेला पेन्सन होला र राज्यलाई टेन्सन दिएर भागौंला भन्ने भाको रैछ !

आजकल चिलगाढी चढेर अष्ट्रेलिया, अमेरिका नाती नातीना खेलाउन जाने ९० प्रतिशत त यस्तै सरकारी जागिरे अवस्थामा नै पिआर लिएका बैरी जस्तै सयौं व्यक्ति भेटिन्छ् , एयरपोर्टमा । अनि तेल भिषामा जाने अधिकांश यस्तै उस्तै त्यस्तै सरकारी कर्मचारी नै  फेला पर्छन् । बैरीहरुको विचारै बैरी भने जस्तो । सरकारी जागिर खानु त मालदार अड्डामा नै रहेछ । भन्सार र सञ्चार भन्थे रे ऊ बेला । अहिले पनि त्यस्तै छ । पचास वर्ष अघि भोकले विदेशिन्थे पैसा कमाउन । अहिले शोखले विदेशिन पनि छन् पैसा सिध्याउन ।

देशबाट पैसा लिएर जानेहरु हाँसिखुशी आफ्ना छोराछोरीलाई विदा गर्छन, छ सात महिनामा उतै भेट्ने गरी । विदेशबाट पैसा लिएर आउने भाग्यमानीहरुलाई विदाई गर्छन अर्को थरी बाबु आमा आँशु झार्दै दुई वर्षे भिषा सकेर स्वदेशमा सँगै बस्ने गरी ।
नगरुन् पनि किन । यहाँ त बैरी जस्ताले शासन गरेको देश हो नि त ? अभिभावक जस्तो सरकार छैन ! व्यापारी जस्तो सरकार छ । सरकारले नै मान्छे बेच्छ ! अनि गरिवका छोराछोरीले पठाईदिएको रेमिट्यान्सबाट जुस र घुस खानेहरुबाट मुलुक कहिले बन्ला र ?

५० वर्ष अघि लङ्गौटी लगाएर चामलका लागि लाईन बस्थे र  हाम्रा ’बा’ हरु ! अहिले जिन्स पाईन्ट लगाएर चामल किन्ने पैसा जोहो गर्न वैदेशिक यात्राका लागि पासपोट र भिषाका लागि लाईन बस्छौं हामीहरु ! कठैबरा देश बनाउन खर्चिनु पर्ने अमूल्य समय लाईन बस्दा बस्दै आधा उमेर जान्छ ।

देश त कहाँ गरिव हो र ? देशलाई गरिव बनाउने त बैरीहरु हुन् । जसले देशको विकास र जनताको सेवा गर्छु भन्दै शपथ खाएको थियो । तर उसले शपथ खाएसँगै घुस खान थाल्यो । विदेशीको दास बन्दै देशको गोप्य सूचनाहरु सेतो कपडामा कालो दाग लगाउँदै पठाउन थाल्यो । त्यसैले त अवकाश भएको एक महिना हुन नपाउँदै बैरी भए भरको सम्पत्ति बेचेर पिआर सहित उतै दास बन्न हिडिंरहेका छन् । शासक शोषक भएपति कसको बाउको के लाग्छ र ? आखिर देश धान्ने त उही गरिवले नै त हो । देश जोगाई दिनु पर्ने उही गरिव, श्रमिक र श्रममा विश्वास गर्नेले नै त हो !

५८ वर्षे जागिरको अवकाश अनि त्यसपछि जन्मभूमिलाई धोका दिएर विदेशीतिर बास हुनेहरुबाट के नै पो अपेक्षा गर्न सकिन्छ र ? सरकार, सरकार नै नभएपछि बैरीहरुले गर्ने त यस्तै हो । जीवनभर सरकारी सेवा भन्दै क्यास कमाउने, उमेर पुगेपछि त्यही राज्यलाई ख्याँस दिने ।

बैरीले गरेको पनि ठिकै हो । जालसाझी गरेरै भएपनि, नेताको दैलो धाएरै भएपनि । त्यत्ति पुगेन भने दूतावासमै पुगेरै भएपनि देशको इज्जतलाई फालेर आफ्नो स्वार्थ त पूरा गरेकै छ नि । सरकार भन्नेलाई चाहिएकै त्यस्तै हैन र ?

हिजोका धनाढ्य र जुस र घुस खाएर नव धनाढ्य बनेकाहरु छोरछरी अमेरिका, अष्ट्रेलिया ताक्छन् उतै भासिन्छन् । छोराछोरी कहाँ छ भन्दा उतै भन्छन्, बुढेसकालमा पानी ख्वाउने पनि मान्छे नहुँदा बल्ल पो धिक्कार्छन् । अनुहार दुखि बनाउँछन् । देश र सिस्टम विगार्ने त यिनै त हुन् । आफैले आफैलाई लोप्पा ख्वाउँछन् ।

गरिबका छोराछोरी सँधै गरिव नै देखिन्छन्  मलेसिया, दुवई कतार जान्छन् । दुईचार बर्षमै आफ्नै थाकथलो आउँछन् । छोराछोरी कहाँ छन भन्दा स्वदेशमै छन् । व्यापार गर्दैछ वा यस्तै मास्टरी सास्टरी केही गर्दछन्, सँगै छम् भन्छन् । खुशी देखिन्छन् । धन भएर दुखि हुनु भन्दा नभएरै खुशी छन् । देशमै छन् ।

ADVERTISEMENT

न त नेताका छोराछोरी छन्, न त व्यूरोक्रेट्सका, न त व्यापारीका ! सवैका सवै उतै छन् । यताबाट लुट्नु लुट्छन् उतैतिर पठाउँछन् । राष्ट्र बैंकका शासकहरुले हुण्डी गर्न सिकाउँछन् । नियमले गरिवले कमाएको ल्याउनै मिल्दैन र ! तर अनैतिक ढंगले देश खोक्रो बनाउनेले उता कसरी पढाउन मिल्ने । कहिले एम अधिकारीको चक्कर । कहिले हुण्डीवालाको ठक्कर  !

त्यही भएर होला ५८ वर्षसम्म राज्यको ढुकुटी रित्याउँदा शासक बनेकाहरु अवकाश पछि दास बन्ने उतै लागेका छन् । जुन जोगी आएपनि कानै चिरेका त्यसै कहाँ भन्या रैछर ?
गाउँ रित्तो, बुढाबुढी असक्त भएर छामीहिड्छन् भित्तो । झण्डावालालाई झण्डैको चिन्ता । देश भाँडमा जाओस् सत्तासँधै आफ्नैमा आओस यिनका बाउको विर्ता ? संसद र सांसद जनता चुस्ने जरिया हुन्,  विदेशीको कमिशनमा अपराधको भारी वोक्ने भरिया हुन् । राजनीतिका फटाहाहरुलाई जताततै लुटै लुट, राष्ट्रिय ढुकुटीदेखि एयर-पोर्टसम्म यिनलाई छुटै छुट !

नेता होस् कि व्यूरोक्रेट्स उमेर सकिएपछि अवकाश, देशको सम्पत्तिमा विदेशमा बास ? ! यिनलाई पाता फर्काउने हिटलर र देश बनाउने सिँगापुरका लि क्वानको नेपालमा छैन आश । जय शम्भो । नेता र व्यूरोक्रेट्सलाई पैसाले कम भो ।  अरुको होस् या नहोस् तर मट्याङ्ग्राको जय होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

जनप्रतिनिधिबाट जनविमुख संसद

जनप्रतिनिधिबाट जनविमुख संसद

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

परिवर्तनको नाममा स्थायी दोहोरावट

अराजकता होइन विवेकपूर्ण परिवर्तनको खाँचो

परिवर्तनको नाममा स्थायी दोहोरावट

समानता र स्वतन्त्रताको संघर्ष नयाँ पुस्ताको भूमिका

परिवर्तनको नाममा स्थायी दोहोरावट

जेन–जि सरकार तीन वर्ष टिकाउनुपर्ने माग आन्दोलन-निषेधदेखि राजनीतिक सुधारसम्म  तिवारीको धारणा

परिवर्तनको नाममा स्थायी दोहोरावट

मेराे स्वतन्त्र आवाज-परिवर्तनकाे मार्ग र राष्ट्रकाे भविष्य

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host