१५भदाै,काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सको आई.पी.ओ आज शुक्रबार भदौ १५ गते बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक नेपाल एस.बी.आई मर्चेन्ट बैंकिङका अनुसार अहिले शुक्रबार बिहान ८ बजेदेखि आई.पी.ओ बाँडफाँड कार्यक्रम सुरु गरिनेछ ।
सन नेपाल लाइफको आई.पी.ओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ । किनभने यसमा मागभन्दा २.३२ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आई.पी.ओ बाँडफाँड हुनेछ । यसमा १५ लाख ७७ हजार ७४४ जनाले कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका छन् ।जसमा ७ लाख ६८ हजार जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ८ लाख ९ हजार ७४४ जनाको भने हात खाली हुनेछ ।यस कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म ७६ लाख ८० हजार कित्ता आई.पी.ओ सर्वसाधारणलाई प्रिमियम भाउमा बिक्री खुला गरेको हो ।
यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आई.पी.ओलाई ‘केयर.एन.पी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।