ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल मेडिकल कलेजका विद्यार्थीलाई अभिमुखीकरण


नेपाल मेडिकल कलेजका विद्यार्थीलाई अभिमुखीकरण
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

८ वैशाख, काठमाडौं । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा. भोला रिजालले स्नातकोत्तर कार्यक्रममा भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत गरेर अध्ययन गर्न सुझाए । डा. रिजालले आफुले मेडिकल शिक्षा अध्ययन गर्दाको समयमा स्नातकोत्तर तह अध्ययन गर्न ४० वर्ष पुरा भएको हुनुपर्ने मान्यता अहिले हटेको बताए । ‘आज २८ वर्ष उमेरका विद्यार्थीहरु पोस्ट ग्राजुएट गर्न आएको देख्दा मलाई गर्व लागेको छ । हाम्रो पालामा ४० नकटी पोस्ट ग्राजुएट गर्न हुँदैन भन्ने मान्यता राखिन्थ्यो भने, अहिले आएर एमविविएस पास गरिसकेपछि जसले इन्र्टनशिप पुरा गर्छ त्यसलाई पोस्ट ग्राजुएट गर्न रोक्नुहुँदैन भन्ने लडाईमा हामी छौं ।’ नेपाल मेडिकल एशोसिएसन मातहतमा लडिरहेको लडाईले विद्यार्थीहरुलाई ठूलै उपलब्धी हुने भन्दै डा. रिजालले भने ।

अरु मुलुकहरुमा एमविविएस पास गरे लगत्तै पोस्ट ग्राजुएट गर्न पाइने प्रावधान अब नेपालमा पनि लागू हुनुपर्ने डा. रिजालको तर्क छ । मेडिकल शिक्षा अध्ययनका लागि नेपाल मेडिकल कलेज उत्कृष्ट गन्तव्य रहेको उल्लेख गर्दै अध्यक्ष डा. रिजालले विद्यार्थीको सिकाई र अध्ययनका लागि कलेज प्रशासन सदैव सहयोगी भूमिकामा रहने बताए । मेडिकल शिक्षा अध्ययन गर्नु भनेको धेरै गाह्रो विषय हो भन्दै त्रासमा रहेर अध्ययन नगर्न सुझाए । ‘तपाईहरु आफ्नो कामदेखि रमाउन सक्नुहोस्, धेरै पढिराख्नु पर्दैन । जब बिरामी तपाईहरुको अगाडी आउँछ उसलाई कसरी खुसी पार्ने, निको पारेर घर पठाउने मात्र सोच्नु होस्, दुखःलाई नै सुख ठान्नुहोस् ।’ उनले भने ।

कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले आफुले एमविविएस गर्दाको समय र अहिलेको पढाईमा धेरै अन्तर आइसकेको बताउँदै मेहनत र लगनशील भएर अध्ययन गर्ने विद्यार्थीहरुले सधैं सफलता प्राप्त गर्ने बताए । ‘मेडिकल शिक्षा विशिष्टीकृत विषय हो । ४० वर्ष मैले पिजी पाउँदा मलाई सर्जन भइसके लागेको थियो । जब पढ्न गएँ बेकार पढ्न आएँ जस्तो लाग्यो । धेरै मेहनत गर्नुपर्दथ्यो । अल इण्डीया इन्ष्टिच्युटबाट परीक्षा लिन आउँथे । प्रोफेसरहरुले ओटीमा केही गल्ती गरे कुटीपनि हाल्थे । राती राम्ररी सुत्न पाइदैनथ्यो । राम्ररी खान पाइँदैनथ्यो ।’ तर, त्यसबेला गरेको मेहनतले सफलता प्राप्त गरेको भन्दै प्रा.डा. अन्सारीले विद्यार्थीहरुलाई मेहनत गर्न सिक्नुपर्ने बताए ।

प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेज गुणस्तरीय मेडिकल शिक्षाका लागि सदैव विद्यार्थीको पक्षमा रहेको बताउँदै विगतको जस्तो मेडिकल शिक्षा अध्ययन गर्न बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको जनाए । विद्यार्थीले हासिल गरेकाे सफलतामा कलेजले गर्व गर्ने भएकाले मेहनतका साथ लगनशील भएर अध्ययन गर्न प्रा.डा. अन्सारीले जाेड दिए । यस्तै, कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्रीले मेडिकल शिक्षाको क्षेत्रमा कलेजले दक्ष जनशक्ति उत्पादन र स्वास्थ्य सेवामा राम्रो काम गरिरहेको बताउँदै पोस्ट ग्राजुएट गर्न आएका विद्यार्थीको सिकाईमा कलेजले कुनै कम्प्रोमाइज नगर्ने बताउँदै विद्यार्थीले पनि कलेजको अनुशासन र नियममा रहेर अध्ययन गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कलेजका अस्पताल निर्देशक प्रा.डा. मोदनाथ मरहठ्ठाले विद्यार्थी र परिवारले देखेको सपना पुरा गर्न कलेज तत्पर रहेको भन्दै अनुशासनमा रहेर अध्ययन गर्न सुझाए । कलेजमा शैक्षिक सत्र २०२४ का लागि चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर कार्यक्रमका लागि ६० वटा सिट निर्धारण गरेको छ । अभिमुखीकरण कार्यक्रममा कलेजका हस्पिटल डाइरेक्टर डा. राजेश किशोर श्रेष्ठ, निर्देशक डा. साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायत विभिन्न विभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सरकारले ट्रेड युनियन खारेज गरे हामी चुपचाप लागेर बस्दैनौं _पुण्यप्रसाद ढकाल

सरकारले ट्रेड युनियन खारेज गरे हामी चुपचाप लागेर बस्दैनौं _पुण्यप्रसाद ढकाल

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host