ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन


रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा रहेको रेमिटेन्स भित्रिने मध्यपूर्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ आयोजना हुने भएको छ। आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा हुने सम्मेलनलाई अर्थपूर्ण, उपलब्धिमूलक र नेपाली श्रमिकको हितसँग जोडिएको साझा मञ्चका रूपमा अघि बढाउन तयारी तीव्र पारिएको छ।

मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको अध्यक्षतामा अक्टोबर १० मा सम्पन्न चौथो क्षेत्रीय बैठकले सम्मेलन व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न समिति तथा उपसमिति गठन गर्दै जिम्मेवारी बाँडफाँट गरेको हो। एनआरएनएले अक्टोबर १३ मा सार्वजनिक गरेको विवरणअनुसार व्यवस्थापन, आर्थिक परिचालन, प्रायोजन, अतिथि सत्कार, यातायात, भिसा तथा दर्ता, स्वयंसेवक परिचालन, सञ्चार, सांस्कृतिक कार्यक्रम र घोषणापत्र तयारीलगायतका कामका लागि जिम्मेवारी तोकिएको छ।

मध्यपूर्वअन्तर्गत कतार, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कुवेत, ओमान, बहराइन र इराकलगायतका देशमा कार्यरत नेपालीका साझा मुद्दालाई सम्मेलनमा प्राथमिकता दिने अपेक्षा गरिएको छ। रेमिटेन्सबाट नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याइरहेका श्रमिकका समस्या, सुरक्षित वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, श्रम अधिकार र स्वदेश फर्किएपछिको भविष्य सम्मेलनका महत्त्वपूर्ण विषय बन्न सक्नेछन्।

सम्मेलनको मूल आयोजक समितिको संयोजकमा मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ रहेका छन्। समितिमा मध्यपुर्व डिआरसिहरु विकास शाही,पुर्ण बहादुर पोखरिया, विकल झा, करिमबक्स मियाँ,बासुदेव सापकोटा, विष्णुलाल श्रेष्ठ, तेज कँटुवाल, सुरज मास्के, दीपक खड्का सदस्य रहेका छन । यसैगरी आरडब्लुसि सुभद्रा बुढाथोकी,डिआर वाईसी सुजन सापकोटा, डिआर डब्लुसी बिना मानन्धर सदस्य रहेका छन । विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का अध्यक्ष तथा महासचिव र पूर्वअध्यक्षहरूलाई समेत समितिमा समेटिएको छ।

सम्मेलनलाई नीतिगत मार्गदर्शन र परामर्श उपलब्ध गराउन आईसीसी अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ। उक्त समितिमा पुर्व अध्यक्ष आरके शर्मा,उपाध्यक्ष मनोज कुमार श्रेष्ठ,प्रविन गुरुङ,डाक्टर चिरञ्जीवी खड्का,राजेन्द्र अर्याल,मोहम्मद मुक्तदा मुसलमान,रमेश भट्ट,भवानी प्रसाद तिमल्सिना,पदम गिरी,विमल सुवेदी, क्रान्ति सिंह,पुर्व उपाध्यक्ष डिबी क्षेत्री,सागर नेपाल , नरेन्द्र भाट,राज रेग्मी,डाक्टर देवकाजी डंगोल,यास्मिन वेगम सैयद रहेका छन । यसैगरी शनि कुमार वली,महेन्द्र चम्लागाई,
कमलमणि गुरागाई,आईसिसी सदस्य तुल्सीराम पाण्डेलगाएत मध्यपुर्वका आईसिसी सदस्य र अभियन्ताहरु समेटिएका छन ।

व्यवस्थापकीय तथा नोट टिपोट समितिको संयोजकमा तेज कँटुवाल र सहसंयोजकमा कतार एनसीसी अध्यक्ष कृष्ण पन्थी रहेका छन्। समितिमा रविन मगर, रोजश अर्याल, सन्तोष पौडेल, सुवास थापा, टोमाया गुरुङ, जहाँगीर आलम, लिला राई, विवेक पुलामी मगर, मन्जु मल्ल, माया केसी, विनोद बरनेत र प्रेम शाही रहेका छन ।
नोट टिपोटको जिम्मेवारीमा करिमबक्स मियाँ, क्रान्ति सिंह, बासुदेव सापकोटा, दीपक खड्का, युवराज शर्मा, सरिता भण्डारी,माया केसि, बिना मानन्धर, मन्जु मल्ल,विनोद बस्नेत,प्रेम शाही र नवराज श्रेष्ठलगायतलाई समेटिएको छ।

ADVERTISEMENT

अतिथि व्यवस्थापन तथा यातायात समितिको संयोजकमा डिआरसि पूर्ण पोखरिया रहेका छन ।
समितिमा युवराज शर्मा,तुल्सीराम पाण्डे मिनराज वाग्ले, झविन्द्र बेल्बासे, गोपाल डाँगी, राजु डुम्रेलगायत रहेका छन । कतारबाट शंकरमान राई, अर्जुन संगौला, सुजन गुरुङ र ईसिलाल पण्डितले समन्वय गर्ने जिम्मेवारी पाएका छन्।

प्रायोजक व्यवस्थापन समितिको संयोजकमा आरसि रमेश श्रेष्ठ रहेका छन । उक्त समितिको सदस्यहरुमा मध्यपुर्वका डिआरसिहरु रहेका छन ।

आर्थिक व्यवस्थापन समितिको संयोजकमा
डिआरसी विकास शाही रहेका छन भने समितिमा सुरज मास्के , विष्णुलाल श्रेष्ठ, कतार एनसीसी अध्यक्ष कृष्ण पन्थी र उपाध्यक्ष सन्तोष पौडेल सदस्य रहेका छन ।
भिसा, दर्ता तथा शुल्क व्यवस्थापन समितिको संयोजकमा कतार एनसीसीका महासचिव शिव भुजेल रहेका छन । समितिमा खेमराज सुवेदी, अर्जुन संङ्ग्रौला, सुजन गुरुङ र शंकरमान राई सदस्य छन्।

स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा आईसीसी मध्यपूर्व युवा संयोजक सुजन सापकोटा र उपसंयोजकमा कतार एनसीसीका युवा उपाध्यक्ष टंक विश्वकर्मा छन्। समितिमा कमलजंग कार्की, शुशिल गौतम, कृष्ण ढकाल, अमृत विश्वकर्मा, केशव राज मल्ल, दर्शन सुनार, एकराज कँटुवाल, राजन चापागाई, किरण परियार, दीपेन्द्र गैरे, गुणराज कँटुवाल, प्रकाश बीके, गौरखबहादुर चन्द ठकुरी, रमेश महर्जन, सुशीलकुमार सुब्बा, बिनोद बस्नेत, प्रेम शाही र नवराज श्रेष्ठलगायत रहेका छन ।
सत्र व्यवस्थापन समितिको संयोजकमा रमेश श्रेष्ठ रहेका छन भने सदस्यमा मध्यपुर्वका डिआरसिहरु रहेका छन ।

मिडिया व्यवस्थापन समितिको संयोजकमा करिमबक्स मियाँ रहेका छन । समितिमा रामजी बगाले (जनसवाल रास्ट्रीय दैनिक), राजकुमार सिग्देल(रातोपाटी), बुद्धि लोप्चन (उज्यालो नेटवर्क), उद्धव भट्टराई (अर्थ तथा रोजगार), यास्मिन ताम्राकार, विष्णु घिमिरे, एफएनजे कतार न्युज, क्यु एफएम रेडियो नेटवर्कलगायत रहेका छन ।

लगानी प्रवर्द्धन व्यवस्थापन समितिको संयोजकमा रमेश श्रेष्ठ रहेका छन्। समितिमा विकास शाही,पूर्ण पोखरिया,बासुदेव सापकोटा,
विकल झा, करिमबक्स मियाँ, विष्णुलाल श्रेष्ठ, तेज कँटुवाल, सुरज मास्के, दीपक खड्का, सुभद्रा बुढाथोकी, सुजन सापकोटा, बिना मानन्धर र कृष्ण पन्थीलगायत रहेका छन।
सांस्कृतिक व्यवस्थापन समितिको संयोजकमा रोजेश अर्याल र उपसंयोजकमा कमलजंग कार्की रहेका छन । समितिमा जनक थापा मगरलगायत सांस्कृतिक विभाग कतारका सदस्यहरु रहेका छन । घोषणापत्र तयारी समितिमा पुर्व अध्यक्ष आरके शर्मा,पुर्व उपाध्यक्षहरु डिबी क्षेत्री,
सागर नेपाल , नरेन्द्र भाट,राज रेग्मी,यास्मिन वेगम सैयद र शनि कुमार वलि,महेन्द्र चम्लागाई,
कमलमणि गुरागाई रहेका छन ।

क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई औपचारिक कार्यक्रम र भाषणमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका समस्या, सम्भावना र भविष्यसँग जोड्ने गरी आफ्नो टोली परिचालित भएको बताएका छन्। कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र अर्थपूर्ण बनाउन तयारी भइरहेको उल्लेख गर्दै उनले विश्वभर रहेका एनआरएनए अभियन्ता, राष्ट्रिय समन्वय परिषद्, आईसीसीका पदाधिकारी, नेपाली संघसंस्था र सरोकारवालालाई सम्मेलन सफल बनाउन सहयोग, सहभागिता र सहकार्यका लागि अनुरोध गरेका छन्।

श्रेष्ठका अनुसार सुरक्षित श्रम आप्रवासन, श्रमिकको हकहित, सामाजिक सुरक्षा, युवा तथा महिला सहभागिता, नेतृत्व विकास, लगानी प्रवर्द्धन र उद्यमशीलता सम्मेलनका महत्त्वपूर्ण प्राथमिकता हुनेछन्। मध्यपूर्वमा कार्यरत नेपालीले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। तर उनीहरूले आर्जन गरेको सीप, अनुभव र पुँजीलाई स्वदेशको उत्पादन, उद्यम र रोजगारी सिर्जनासँग जोड्नु पनि उत्तिकै आवश्यक छ।

त्यसैले ‘सहयात्रा–२०२६’ को सार्थकता सम्मेलनको भव्यतामा मात्र नभई श्रमिकका मुद्दामा बन्ने साझा धारणा, नीतिगत सुझाव र घोषणापत्रका प्रतिबद्धता कार्यान्वयन गर्ने प्रयासमा निर्भर रहनेछ। कतारमा हुने नवौँ क्षेत्रीय सम्मेलनलाई मध्यपूर्वमा रहेका नेपालीबीच एकता र सहकार्य सुदृढ गर्ने, श्रमिकका आवाजलाई सामूहिक रूपमा उठाउने तथा विदेशमा आर्जित सीप र पुँजीलाई नेपालको समृद्धिसँग जोड्ने अवसरका रूपमा हेरिएको छ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सरकार फेरिए पनि फेरिएन मानवअधिकारको अवस्था? आयोगका सिफारिस कार्यान्वयनमाथि प्रश्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host