नेपाल टेलिकमले आ.व.२०८०/८१ को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्षकाे विवरणमा आम्दानी चालु आ.व. को तेस्रो त्रैमासिक अवधि (२०८० चैत्र मसान्त) सम्मको कुल आय रु. ३१ अर्व २० करोड ४८ लाख ५८ हजार रहेको। उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त) को कूल आय रु. ३३ अर्व २० करोड ८५ लाख ६५ हजारको तुलनामा रु. २ अर्ब ३७ लाख ७ हजार (अर्थात् ६.०३ प्रतिशत) ले कमी भएको छ। त्यस्तै चालु आ.व. को तेस्रो त्रैमासिक अवधि (२०८० चैत्र मसान्त) सम्मको कुल सञ्चालन आय रु. २५ अर्व ४८ करोड १२ लाख ८९ हजार रहेको। उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त) को कुल सञ्चालन आय रु २७ अर्व ३४ करोड ६६ लाख ४७ हजारको तुलनामा रु १अर्ब ८६ करोड ५३ लाख ५८ हजार (अर्थात, ६.८२ प्रतिशत) ले कमी भएको विवरणमा उल्लेख छ ।
यता मुनाफा तर्फ चालु आ.व. को तेस्रो त्रैमासिक अवधि (२०८० चैत्र मसान्त) सम्मको खुद मुनाफा रु. ५ अर्व ५९ करोड ३७ लाख ६८ हजार रहेको। उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त) को खुद मुनाफा रु. ५ अर्व ४१ करोड १९ लाख ७४ हजारको तुलनामा रु. १८ करोड १७ लाख ९३ हजार (अर्थात, ३.३६ प्रतिशत) ले बढी भएको छ भने’ कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा रु. ४१.४४ रहेको छ । गत आ.व. को तेस्रो त्रैमासिक अवधिको तुलनामा चालु आ.व. सोहि अवधिमा राजश्व तथा खुद मुनाफाबाट परिवर्तन हुनुपर्ने प्रमुख कारणहरुमा OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तर आवद्धता आयमा गत आ.व. को तेस्रो त्रैमासिक अवधिको तुलनामा करिब रु. ९४ करोड ४९ लाख २९ हजारले कमी भएको । राष्ट्रको संचार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको । सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको । बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. ५० करोड ७४ लाखले कमी भएको लगायतका विषयहरु जाेडिएर रहेको जनाएको छ ।











