ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

समलिंगी तेस्रोलिंगीले पहिलोपटक मनाए रोपाई जात्रा, दिए उत्पादन बृद्धिको शुभकामना


समलिंगी तेस्रोलिंगीले पहिलोपटक मनाए रोपाई जात्रा, दिए उत्पादन बृद्धिको शुभकामना
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
१६ असार , काठमाडौं । नेपालमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले राष्ट्रिय धान दिवस एवं इन्द्रेणी रोपाई जात्रा मनाएका छन्। मायाको पहिचान नेपालले डाकिनी हस्पिटालिटीको सहयोगमा बौद्ध स्तुपा प्राङ्गणमा धान दिवस एवं रोपाई जात्रा मनाएको हो। केहीले हातमा धानको रोपो लिएर त कोहीले बाउसेको भूमिका निर्वाह गरे। मानो रोपेर मुरी उब्जाउने असार महिनाको असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिएको छ। यो वर्षको नारा ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ राखिएको थियो। रोपाई जात्रा नेपालको धान रोप्ने मौसमको एक जीवन्त उत्सव हो। मायाको पहिचान नेपालले वार्षिक क्यालेन्डरमा असार १५ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले इन्द्रेणी रोपाई जात्रा महोत्सव आयोजना गर्ने यसअघि नै सार्वजनिक गरेको थियो।
असारे गीतमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले रोपाई जात्रा मनाइरहँदा हेर्ने दर्शकको भिड नै लाग्यो। कतिपय दर्शकहरू समुदायका सदस्यहरूसँग असारे गीतमा नाचे। अध्यक्ष माया गुरुङ्गले रोपो दिइन। समुदायका सदस्यहरूले असारे गीतको भाकामा ताल मिलाएर नाच प्रस्तुत गरे।
रोपाइँ जात्रा पर्व खेतीपाती, वर्षा, जीवन, समुदाय, लैङ्गिक विविधता, खाना र परम्पराको उत्सव हो। मायाको पहिचान नेपालले स्थानीय संस्कृति, परम्परा र समावेशीकरणलाई झल्काउने र प्रवर्द्धन गर्ने प्रामाणिक ढङ्गले वर्षभरि यस्तै स्थानीय चाडपर्वहरू मनाउने र कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले देशमा राम्रो खेती उत्पादन होस, वर्षा राम्रो होस्, सबैमा शुभ होस भनेर धान दिवस एवं रोपाई जात्रा मनाएको बताए।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं संविधान सभाका सभासद् सुनिलबाबु पन्तले पहिलो पटक धान दिवस एवं रोपाई जात्रा मनाउनु लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको लागि सौभाग्यको कुरा भएको बताए। ‘हजारौँ वर्षदेखि छोरा मान्छेले छोरी मान्छेको लुगा लगाएर मनाउने चाडपर्व आज हामीले पनि मनाएका हौँ,’पन्तले भने,‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय हाम्रो समाज भित्रका हुन्। हामीले पनि समाजमा योगदान गर्न सक्छौ।’ स्थानीय परम्परालाई निरन्तरता दिँदै रोपाई जात्रा मनाएको मायाको पहिचान नेपालले जनाएको छ।
ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host