१४ साउन , काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्ने भएको छ । काठमाडौंको नयाँ बानेश्वर स्थित संसद भवनमा दिउँसो १ बजेबाट बैठक सुरु हुने संघीय संसद मार्फत् जनाएको छ ।
आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सभामुखले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची पनि रहेको छ । बैठकमा हुने विषय संघीय संसदकाे सुचनापत्रबाट-:














