काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ६९ हजार ८५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले यसमा आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज (कात्तिक १ गते) देखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।