ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

संविधान जनताको सहमतिको दस्तावेज हो, देशको जनताको मूल कानून हो यो कसैको शासनको स्थायित्वको औजार होइन – तमलोपा अध्यक्ष वृषेशचन्द्र लाल ।


संविधान जनताको सहमतिको दस्तावेज हो, देशको जनताको मूल कानून हो यो कसैको शासनको स्थायित्वको औजार होइन – तमलोपा अध्यक्ष वृषेशचन्द्र लाल ।
ADVERTISEMENT
ADVERTISEMENT

२०८१ कार्तिक २८। गोल बजार, सिरहा । तराई-मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेशचन्द्र लालले नेकपा एमाले र नेपाली काँग्रेसको वर्तमान गठबन्धन राज्यको संघीय बहुदलीय लोकतान्त्रिक संरचनालाई द्विदलीय नयाँ संस्करणको एकात्मकतामा उल्टाउन खोजेको बताएका छन् । अध्यक्ष लाल संयुक्त मधेश संघर्ष समितिद्वारा आज गोलबजार, सिरहामा आयोजित खबरदारी सभालाई सम्वोधन गर्दै यसो बताएका हुन् । उनले, -“वर्तमान संविधानमा संशोधनको प्रतिगमनकारी खेस्रा बन्द कोठामा तयार भइरहेको, राजतन्त्र जस्तै संविधानको संशोधन केही व्यक्तिहरुको स्वार्थमा आयोग वा कुनै कार्यदलबाट ल्याउन खोजिएको” बताउँदै संविधान जनताको सहमतिको दस्तावेज हो, देशको जनताको मूल कानून हो यो कसैको शासनको स्थायित्वको औजार होइन र त्यसैले हामी त्यस्तो कुनै प्रतिगमनकारी काम हुन दिंदैनौं । यस निमित्त जस्तो कुनै संघर्ष गर्न तयार छौं । अहिले सबै संघीयतावादी समावेशिता चाह्ने शक्ति एक हुनु आजको आवश्यकता रहेको”    बताए ।

समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धनको षडयन्त्र विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ । – पूर्व मन्त्री मातृका प्रासद यादव

ADVERTISEMENT

यसै खबरदारी सभालाई सम्वोधन गर्दै पूर्वमन्त्री माओवादी नेता मातृका प्रसाद यादवले, -“संघर्ष नगरी न हुने भएको छ । समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धन विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ । हरेक पालिका र त्यसको वडाहरुमा खबरदारी कार्यक्रम गरी संघर्षको निमित्त संगठित हुनु आजको आवश्यकता रहेको” बताए । तराई-मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता डा. विजय कुमार सिंहले संविधान संशोधनको माग जनताको माग हो तर अग्रगामी संशोधनको माग हो भन्दै प्रदेशलाई निर्वाचन क्षेत्र तोकी पूर्ण समानुपातिक समावेशी पद्धति लागू गरिनु पर्ने माग गरे । डा. सिंहले थ्रेसहोल्ड समाप्त गर्नु पर्ने पनि भने ।

हेमन्त कुमार यादवको अध्यक्षतामा सम्पन्न सो खबरदारी सभामा पूर्वमन्त्री महेन्द्र पासमानले काँग्रेस-एमाले आफ्नो वर्चस्व कायम गर्न खोजेको छ भन्दै संघीयता र समावेशिताको निमित्त हामी एक पटक फेरि कडा संघर्षको निमित्त तयार रहेको बताए । संविधान सभा सदस्य र माओवादी नेता जगतप्रसाद यादवले संविधानको संशोधन जनताको आकांक्षा अनुरुप हुनु पर्ने कसैको स्वार्थमा लहडमा गर्न खोजिए अस्वीकार्य हुने भनेका थिए । एकीकृत समाजवादीको नेता संविधान सभा सदस्य शीतल झाले पूर्ण समानुपातिक समावेशी निर्वाचन पद्धति नै अहिले निर्वाचनमा देखिएका विकृतिहरुको एक मात्र इलाज हो भने । खबरदारी सभामा, पूर्व राज्यमन्त्री बोधमाया यादव,कुमार लामा लगायतले आफ्नो मनतव्य राखेका थिए ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host