काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ३२ करोड १८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ६.७७ प्रतिशत धेरै हो । गत वर्ष यस संस्थाले ३० करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी ४.६५ प्रतिशतले घटेर ४९ करोड २४ लाख कायम भएको छ ।
अघिल्लो वर्ष आम्दानी ५१ करोड ६५ लाख रुपैयाँ थियो । साना किसानले ८ करोड १२ लाख रुपैयाँ बराबार इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफा बढेको हो । चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार रुपैयाँ रहेको यसको जगेडा कोषमा ४ अर्ब रुपैयाँ छ । प्रतिसेयर आम्दानी भने ३३.८२ रुपैयाँ भएको छ । प्रतिसेयर नेटवर्थ २५७.०४ रुपैयाँ छ ।










