ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

विपत् जोखिम न्यूनीकरणमा मैले देखेको जापान (आकाश चाैंलागाई)


विपत्  जोखिम न्यूनीकरणमा मैले देखेको जापान (आकाश चाैंलागाई)
ADVERTISEMENT
ADVERTISEMENT

कार्तिक ३,काठमाडौं । oct (20-29) मा  म लगायत हामी ८ जनाले जा‌पानको ओसाका, कोवे, योकोहामा र टोकियो सहरको अध्ययन भ्रमण गर्ने अवसर पायौं । भ्रमणको मुख्य उद्देश्य विपत  जोखिम न्यूनीकरणमा जापानले अपनाएका तरिकाकाहरु सिक्ने र त्यसलाई यहाँको अवस्था अनुसार नेपालमा अनुशरण गर्न प्रयास गर्ने तथा गराउने थियो। जापानले जोखिम न्यूनीकण-का उपायहरु अपनाउँदा सबैभन्दा पहिलो प्राथमिकता जनताको सुरक्षालाई दिने रहेछ। त्यसका लागि विद्यालय तहदेखि नै विद्यार्थीहरुको कक्षा अनुसार घटनाक्रमको जानाकारी,  अध्ययन, अनुसन्धान चुनौती र व्यवस्थापनसँग सम्बन्धित कुराहरु पाठ्यक्रममै समावेश गरी सिकाउने र  सतर्क बनाउँदो रहेछ। यसबाट भविष्यमा एक सचेत जनशक्ति  उत्पादन हुने र समाजमा समेत विद्यार्थीको माध्यमबाट सिकाउँदा समुदायका धेरै मानिसहरुले एकैपटक सिक्ने  रहेछन्।

जापानले जनतालाई सचेत बनाउन विभिन्न learning center हरु बनाएको थियो। हामीले ती मध्ये DRI learning  center kobe ,  DRR learning center Yokohama,   नाजिमा फल्ट र विभिन्न विद्यालयहरुमा अध्ययन गर्ने अवसर प्राप्त गर्यौँ । DRI र DRR learning center मा हामीले भूकम्पको प्रत्यक्ष अनुभव गर्ने, आगो निभाउने यन्त्रको प्रयोग , धुवाँले भरिएको कोठाबाट निहुरेर नाक मुख छोपेर बाहिर निस्कने तथा कोबे सहर 1995 AD मा आएको विनाशकारी भूकम्पका असर र त्यसबाट जापान कसरी संघर्ष गरेर अघि बड्यो  भन्ने अत्यन्तै प्रेरित हुने जानकारी मूलक भिडियो तथा अन्य सामाग्रीहरुको अवलोकन गर्यौँ ।

नाजिकाे फल्ट्मा हामीले अत्यन्तै आश्चर्यजनक अविश्वाशिलो एउटा सत्य घटना देख्यौं । भूकम्पको एपिसेन्टर नजिकै  एउटा घर १२० सेन्टी मिटर पर र ५ सि एम माथि सरेको थियो घर भित्रका सामानहरु टुटे फुटेको र बिग्रिएको थियो  तर घर भने भत्किएका थिएनन्। प्रत्यक्ष दर्शीका अनुसार उक्त घरको जग बनाउने बेलामा माटोको रङ फरक देखिएकाले घर केही मिटर पर सारेर बनाइएको थियो। जुन फरक देखिएको माटो त्यस भूकम्पको फल्ट लाइन रहेछ। यसबाट हामीले सिक्नैपर्ने कुरा भनेको घर वा अन्य संरचना बनाउँदा माटो परिक्षण गर्नुपर्ने र भूकम्प प्रतिरोधात्मक घर बनाउने हो भने विपतको बेला सुरक्षित रहन सकिन्छ। साथै यस्ता ऐतिहासिक ठाँउहरु सुरक्षित राख्नाने पछिल्लो पुस्तालाई अध्ययन अनुसन्धानमा सघाउ पुग्ने तथा सुरक्षा सतर्कतामा सतर्क रहन मद्दत  गर्दछ।

ADVERTISEMENT

सडकहरूमा विपतसँग सम्बन्धित सूचनामूलक संकेतहरू राखिएका थिए। मानिसहरु उक्त संकेतहरुबाट विभिन्न जानकारीहरू प्राप्त गर्दा रहेछन् र कुनै पनि विपदको समयमा आफू र आफ्नो परिवारलाई सुरक्षित बनाउन तर्फ लाग्ने रहेछन्। सुनामी मापन गर्ने उचाई सङ्केतहरू बाटोको छेउछाउमा राखिएका थिए। कुनै पनि निर्माणहरू गर्दा पूर्णरूपमा जनताको सुरक्षा र विपदलाई मध्यनजर गरी बनाइदो रहेछ। सहरका सम्पूर्ण घरहरूका तलैपिच्छे आगो निभाउने यन्त्रहरू तथा इमर्जेन्सी एक्जिटका लागि सम्पूर्ण व्यवस्था मिलाएको रहेछ। सहर तथा गाउँमा चल्ने सम्पूर्ण सवारी साधनहरूमा  समेत विपत् जोखिमलाई मध्यनजर गरी विकसित प्रविधि तथा उच्च सतर्कता लोभलाग्दो थियो। विद्यालयहरुलाई  evacuation  Center ko रुपमा प्रयोग गरिदो रहेछ। जुन सेन्टरले क्षमता अनुसार करिब २००  जनतालाई पुग्ने आवश्यक सामाग्रीहरु वर्षैभरी तयारी अवस्थामा राख्ने रहेछ।

जापानले गरेका यि प्रयासहरु नेपालले पनि अनुशरण गर्नुपर्ने देखिन्छ, किनकि नेपाल पनि भूकम्पिय जोखिममा विश्वकै ११ औं नम्बरमा छ। त्यतिमात्र हैन बाढि, पहिरो जस्ता प्राकृतिक प्रकोपले नेपाल‌मा वर्षेनी ठुलो जनधनको क्षती हुने गर्दछ। पूर्व तयारी नहुनु, जनताको सुरक्षामा सरकार त्यति उत्तरदायी नहुनु, विपत् जोखिम  न्यूनीकरणसँग सम्बन्धित  चेतना समाजमा पुर्याउन नसक्नु , विपत् पछिका उद्दारका कार्यहरु ढिला हुनु जस्ता नेपालका समस्याहरु समयमै समाधान तथा व्यवस्थापन  नहुने हो भने  नेपालले अझै विपतमा ठुलो क्षति व्यहोर्नुपर्ने हुन सक्छ।

जापानले गरेका प्रयासहरुलाई बुँदागत रुपमा यसरी भन्न सकिन्छ-:

१.कडा भवन कोड र नियम : भूकम्प प्रतिरोधी भवन निर्माणमा कठोर नियमहरू लागू गरिएका छन्।

२.अभ्यास र तालिम : विद्यालयदेखि समुदाय स्तरमा समेत नियमित रूपमा विपत् व्यवस्थापनको अभ्यास गराइन्छ।

३. प्रविधिको प्रयोग : आपतकालीन सूचना प्रसारण र विपत् पूर्वानुमानका लागि उन्नत प्रविधिको उपयोग गरिन्छ।

४. सुरक्षित स्थानको तयारी : विपत् भएको खण्डमा सुरक्षित रूपमा बस्न सकिने स्थानहरू पहिचान गरिएको छ।हो, जापानले विपत् व्यवस्थापनमा उत्कृष्ट काम गरेको छ।

नेपालले पनि त्यहाँबाट केही महत्वपूर्ण पाठहरू सिक्न सक्छ-:

१.भूकम्प प्रतिरोधी संरचना : जापानले जस्तो कठोर भवन निर्माण कोड लागू गरेर, भूकम्प प्रतिरोधात्मक भवनहरू निर्माण गर्नु आवश्यक छ।

२.विपत् पूर्व तयारी र तालिम : नियमित र व्यापक विपत् अभ्यास कार्यक्रमहरू सञ्चालन गरेर समुदायलाई तयार गर्नु।

३. सुधारिएको सञ्चार प्रणाली : विपत् भएको खण्डमा सूचना छिटो र प्रभावकारी रूपमा प्रसारण गर्न सक्षम सञ्चार प्रणालीहरूमा लगानी गर्नु।

४. सजगता अभिवृद्धि कार्यक्रमहरू : विपतपछि उद्दारका कार्यहरु तथा सुरक्षित स्थानको तयारी ।

ADVERTISEMENT

विपत् रोक्न सकिन्न तर जोखिम न्यूनीकरण अवस्य गराउन सकिन्छ। त्यसका लागि कुनै एक व्यक्ति मात्र नभई सबैले आ- आफ्नो ठाँउबाट प्रयास गर्नुपर्ने हुन्छ । हामी जापान भ्रमणबाट फर्किएपछि आ-आफ्नो विद्यालयबाट सचेतना फैलाउने योजनाहरु बनाएका छौँ । जापानको जस्तै गर्न नसकिए पनि आ-आफ्नो परिवेश  अनुसार सुरुवात पक्कै गर्नेछौँ। समय र परिस्थितिमा अनुकुल रहेमा वडा र नगरपालिकासम्म पनि अनुभव साटासाट गर्न चाहान्छौ। आशा छ हामीलाई सबैले साथ दिनुहुनेछ।

लेख : आकाश चौलागाईं -हिलसाइड एकेडेमीका स प्र.अ.हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सरकार फेरिए पनि फेरिएन मानवअधिकारको अवस्था? आयोगका सिफारिस कार्यान्वयनमाथि प्रश्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host