काठमाडौं । गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने जोसुकैलाई कारबाही गर्ने बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले जोकोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानूनी रुपमा निषेधित र दण्डनीय त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने भन्दै त्यस्तो कार्य नगर्न नगराउन सबैलाई अनुरोध छ । मन्त्रालयले सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेको तर्फ ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएको हो । प्रेस विज्ञप्ति-