दिपक याेगी- काठमाडौं । नेवारी समुदायको अत्यन्तै लोकप्रिय परिकार य:मरि बारे आज काठमाडौंको नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान बालमन्दिर नक्सालमा लाेककला कार्यशाला (य:मरि पुन्ही विशेष) अन्तरसंवाद कार्यक्रम भएको छ । नेवार समुदायको परम्परादेखि मनाउँदै आईरहेकाे चाड य:मरि पुन्ही अन्तरसंवाद कार्यक्रममा संकृतिविद् गणेशराम लाछी सहित कुलपति र उपकुलपति,स्थानीय वासि लगायत बौद्धिक ब्यक्तित्वकरुको उपस्थितिमा महत्त्वपूर्ण छलफल भयो। यमरीको कुरा गर्नुपर्दा यो नेवार समुदायभित्र पर्ने परम्पराअनुसार चलिआएको परिकार हो । अहिले बजारमा व्यवसायिक रुपमा जताततै पाइने भएपनि नेवार बाहेक अरुले बनाएको य:मरि सक्कली नभएको संकृतविद् गणेशरामले बताउनुभयो।
य:मरि खास गरि कुनै मासुले नभई शुद्ध शाहाकारी चिजहरुकाे मिश्रणबाट बनाउने गरिन्छ, लाछिले बताउनुभयाे। यसका लागि तरल चाक्कु,चामलको ठिक्ककाे मसिनो पिठो,भुटेकाे तिल (कालाे वा सेताे), लगायत अन्य दुग्धबाट बनेका चिजबिज मिलाएर पनि बनाउन सकिने र यसलाई पकाउँदा स्टिमर अर्थात् जालीमा मोमो पकाए जस्तै गरि तातोपानीको बाफले पकाईने गरिन्छ। यस्तै टाेल वा ठाउँ अनुसार भिन्न भिन्नै बनाउने गर्ने चलन रहेको पनि बताउनुभयो । यमरी अहिले नेपाल मात्रै नभई भारतमा समेत बनाईने र पर्यटककाे लागि पनि आकर्षक परिकारकाे रूपमा लिएको संकृतविद् गणेशराम लाछिले बताउनुभयो । अहिले प्राय जसो आफ्नो संस्कार संस्कृती लाई बिर्सिदै गएको र पछिल्लो पुस्ताले आफ्नो पहिचान झल्काउने चिजलाई छोड्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयाे। अबका दिनमा सबै समुदाय मिलेर विभिन्न माध्यमबाट आफ्नो संस्कार,संस्कृति र सभ्यताबारे सबैलाई जानकारी गराउनु पर्ने बताउनुभयाे।











