काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बिमा भुक्तानी सहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप रु.३ अर्ब ८४ करोड निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उप-प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा गर्ने निर्णय गरेका हुन् । जसमा स्वास्थ्य बिमा बोर्डलाई रु.३ अर्ब रहेको छ । त्यस्तै, ज्येष्ठ नागरिकहरुको उपचार लगायतका लागि रु.६० करोड निकासा गरेको हो । साथै, मुटु रोगका बिरामीलाई निशुःल्क उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई रु.२४ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ ।