२३ फागुन ,काठमाडौं ।आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–०८१’ पेस गर्ने कार्यसूची छ । दैनिक कार्यसुचि-:

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।