आज प्रतिनिधि सभा बैठक बस्ने भएको छ । आजकाे बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, उनले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । दैनिक कार्यसुचि तालिका यस्तो छ-: