ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

आत्म अवतरण युग “सन्ताेष प्र. तिवारी”


सेल्फल्याण्डिङ्ग साम्यवाद:साम्राज्यवाद र विस्तारवादको सम्बन्ध पूँजीवादमा “सन्ताेष प्र. तिवारी”
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८१ चैत ३ , काठमाडौं  । विचारधारा : आत्म अवतरण साम्यवादलाई ब्राह्मण्डकाे मुल जन्मकाे आधार मानिन्छ, जहाँ- वनस्पति वर्ग – जीव वर्ग – मानव वर्ग – रहेका हुन्छन् । – वनस्पति वर्ग – जीव वर्ग -मा जगतका सम्पूर्ण निर्जीव र सजिव,भाैतिक र अभाैतिक वस्तु एवम् तत्वकाे अध्यन गरिन्छ।यसले निर्जीवमा पनि जीवन हुन्छ,भन्ने मान्यता राख्दछ। – मानव वर्ग – जुन मानव समुदायले आफ्नाे वृद्धि  विकाससँगै आधुनिक जिवनयापन र सभ्य परम्परालाई व्यवहारिक रुपदिँदै भाषा ,भेषभुषा, कलासंस्कृति , स्वतन्त्र संप्रभुतालाई शक्तिसहितको पहिचानमा बदलेकाे छ।

याे विचारधारा संसारमा आजसम्म भएका सम्पुर्ण विचारधारा र परिवर्तनको संमिश्रणबाट गरिएको अध्ययन,खाेज, अनुसन्धान,अनुभव, अभ्यास सँगालेका ज्ञानकाे सैद्धान्तिक र व्यावहारिक रुपकाे बृहत भण्डारकाे फ्युजन गरिएको नयाँ विचारधाराकाे नयाँ आविष्कार हाे। याे विचारधाराबाट संसारका अन्य विचारधाराका कुनै पनि किसिमको नक्कल प्रतिलिपि पाउन सकिदैन, कुनै एउटै सिद्धान्त वा मान्यताकाे अनुसरण गर्नुपर्छ भन्ने पनि छैन। याे आफैंमा एउटा २१ औं शताब्दीमा हरेक राज्यले आफ्नो माैलिकतामा रहेर आफ्नै इतिहासको पृष्ठ भुमिबाट देश जनतालाई सुहाउँदो परिवर्तन र बहुसंख्यक व्यक्तिहरुकाे साेच विचार र परिवर्तन बहुसंख्यक विचारधाराको समष्टिगत रुपकाे बृहत भण्डारकाे खाँका हाे, एकिकृत विचारधारा हाे। यहाँ कुनै पनि वादको प्रतिवाद हुदैन,न त कुनै विचार, सिद्धान्त र वादको विराेध नै गरिन्छ। यसकाे एउटै उद्देश्य हाे मानव समुदायलाई अत्यधिक सुखी, एड्भान्स र चिन्तामुक्त बनाउनु। साथै प्राकृतिक स्रोत साधनको सहि उपयोग र जिव- जन्तुहरुलाई पनि उनिहरुको स्वतन्त्रता, बाँच्न पाउने अधिकार लगायत हकअधिकारकाे पुर्ण रुपले उपयाेग गराउन पाउने बनाउनु हाे।

वनस्पतिहरूलाई पनि सहि सदुपयोग गर्दै पारिस्थितिक पद्धतिमा सन्तुलन बनाइराख्न मद्धत गर्ने। यसले हत्या, हिंसा र कुनैपनि किसिमको हातहतियारकाे समर्थन गर्दैन र प्रयोग पनि,यसले केबल बुद्धि, विवेक, सिर्जनशील कार्य, सर्वश्रेष्ठ विचार, कापि,किताब,कलम, र उत्पादन सँग सम्बन्धित सामग्रीहरूको प्रयाेग गर्छ र एक आपसमा हस्तान्तरण गर्छ वा साटासाट गर्छ।याे विचारधाराले सजिवलाई सम्पत्ति मान्छ भने अन्य निर्जिव वस्तुहरुलाई सम्पत्ति मान्दैन। याे विचारधाराले मान्छे बिचकाे जातपात र भेदभावको रुढिवादीमा आधारित सामाजिक संस्कार मान्दैन र महिला पुरुष वा अन्य मानव बिचकाे लैङ्गिक विभेद पनि मान्दैन। मान्छ त केवल उनीहरूकाे बाैद्धिक क्षमता, शारीरिक क्षमता, मानसिक क्षमता,चेतना र चिन्तन गर्ने क्षमतालाई । यो विचारधारामा धर्म भनेकै प्रकृति र जिवन हो। यि दुबै चिज प्राप्त गर्न बाैद्धिक, शारीरिक र मानसिक संघर्ष गर्नुपर्छ। स्वास्थ्य, शिक्षा, राेजगार लगायतका क्षेत्रहरूमा राज्य नियन्त्रित सामाजिक सेवाकाे रुपमा स्थापित गर्नुपर्छ। शिक्षा, राेजगार, स्वास्थ्य लगायतका सामाजिक सेवाकाे पुर्ण रुपले राज्य नियन्त्रित हुनुपर्छ।
कर निति-:
राज्यले जनतासँग कुनै पनि किसिमको करहरु लिनु हुदैन । बरु राज्य नियन्त्रित क्रियाकलाप गराएर जनता स्वयमलाई स्वराेजगार उत्पादन मुखि बनाउन लाग्नुपर्छ । राज्य जनताबाट उठाएको करले चल्छ र धनि हुन्छ भन्ने संकुचित विचारधारालाई जरैदेखि निर्मूल पार्न सक्नुपर्छ। जनता सँग कर लिने हाेइन,बरु जुनसुकै पेशा र क्षेत्रमा लागेका जनतालाई उनिहरुको उत्पादन,सिप, क्षमता, दक्षता, बुद्धिलाई अझ बढी अभिवृद्धि गरी एकद्वार प्रणालीबाट केन्द्रिकृत गरेर उनीहरूलाई उचित पुरस्कार र पारिश्रमिक दिएर अन्य मुलुकमा निर्यात गरी देशकाे अर्थतन्त्र चलाउने बृहत्तर साेच बनाउनु पर्छ। करकाे वर्गीकरण गरेर नाफामुखि र बेनाफामुखि, व्यवसायीक र संस्थागत, राष्ट्रिय औद्योगिक र अन्तराष्ट्रिय औद्योगिक कुन प्रयोजनको क्षेत्र हाे, त्यो छुट्याएर स्थानीय तह, जिल्ला, कुनै प्रशासनिक विभाग, वा कुनै निश्चित स्थानकाे कर कार्यालय यि मध्य कुनै एउटा कार्यलयमा कर तिर्ने र संस्था साेही अनुसार नविकरण वा दर्ता गराउने प्रणालीको थालनी हुनुपर्छ।

राज्यले राज्य भित्र लगाउँदै र असुल्दै आएको कुनै पनि किसिमको चाैतर्फि कर आतंक बन्द गरी ,कर रहित राज्यकाे स्थापना गर्नुपर्छ। आजसम्म आइपुग्दा जनताले राज्यलाई अनेकौं किसिमको करहरु तिर्दै आएका छन्,तर आजसम्म पनि त्याे कर जनताकाे सेवामा र हितको लागि कहिल्यै खर्च भएको देखिँदैन,उहि तलब भत्ता र कार्यलय खर्चकाे रुपमा मात्र प्रयोग गरेको देखिन्छ। त्यसैले कमजोर अर्थतन्त्र, बेरोजगार, औद्योगिक क्षेत्रको विकासमा कमि, कृषि लगायत अन्य थुप्रै क्षेत्रको उत्पादनकाे कमि भईरहेको नेपाल जस्तो विकासोन्मुख देशमा कर उठाउनु र जनतालाई देशको विकासकाे लागि कर उठाएकाे भनेर बेबकुफ बनाउनु राज्यकाे आफैमा एउटा त्रुटि वा लज्जाको कुरो आउँछ।
self Landing Communism (आत्म अवतरण साम्यवाद) का ३ महत्वपूर्ण आयामहरू एवम् नयाँ रणनीतिक संरचना:-
१.बाैद्धिक विचार-:व्यापक स्व अध्ययन -अनुसन्धान, व्याख्या र व्यवहारिक प्रशिक्षण।
२.कुतनितिक सम्बन्ध:-आन्तरिक र बाह्य। दुबै पक्षलाई विश्वास दिलाउन सक्नुपर्छ। आन्तरिकमा राजनीति दल वा जनता हुन्। यसमा दुवै सम्बन्धका लागि बफादार र अडानमा रहन सक्नुपर्छ।
३.सैनिक संरचना:-जनसेना, सशक्त सेना, साङ्गठनिक सेना।
-“जनसेना” जनताकाे सेना यसमा डाक्टर-नर्स, स्वयंसेवक, अभियन्ता, पत्रकार, लेखक, प्राध्यापक लगायत। विद्यार्थीले सहायक भूमिका निर्वाह गर्ने,
-“सशक्त सेना” आर्मी, पुलिस,APF, वैज्ञानिक, सिभिल गार्ड,सबै खेलका खेलाडी,लगायतका समय अनुकुल उत्पादन र सिर्जनात्मक कार्यमा लाग्न सक्ने।
-“साङ्गठनिक सेना” किसान, मजदुर , व्यवसायी, कर्मचारी, कलाकार, स्वराेजगारहरु यि सबै उत्पादनमूलक क्षेत्रतर्फ लाग्ने र राष्ट्रिय आयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने।
संक्षिप्त व्याख्यामा : देसमा आमूल परिवर्तनका लागि क्रान्ति अनिवार्य छ। क्रान्ति भन्ने बित्तिकै ठुलाे बलिदानि र संघर्षबाट प्राप्त गरिएकाे फलकाे रुपमा लिईन्छ। यसकाे पनि एउटा निश्चित उदेश्य र लक्ष्य हुन्छ। छाेटकरीमा भन्नुपर्दा क्रान्ति घरपरिवारबाटै सुरु हुन्छ र लामाे समयकाे संघर्ष पश्चात् अन्त्यमा साम्यवाद प्राप्त हुन्छ । -ल्याण्ड लकबाट घेरिएको नेपाल विश्वकाे भुगाेलमा सर्वाेच्च शिखर सगरमाथा,पहाडका फाँट र समथर भुभाग तराईसम्म पुग्दा विश्वकाे सम्पूर्ण भुगाेलकाे अध्ययन एउटै ठाउँबाट गर्न सकिन्छ ।

विश्वका ठुला र जनघनत्वमा पहिलाे, दाेस्राे स्थान ओगट्न सफल दुई मुलुक चीन र भारत नेपालकाे छिमेकी तथा इतिहासदेखि नै अनेकौं सम्बन्धमा घनिष्ट बन्दै आएकाे शक्ति राष्ट्रहरू हुन । यी छिमेकीलाई राजनीतिक, सामाजिक, सांस्कृतिक , धार्मिक र आर्थिक दृष्टिले हेर्दा नेपालमा मिश्रित किसिमको अवस्था रहेकाे पाइन्छ । उत्तरमा चीन पूर्व, पश्चिम र दक्षिणमा भारतले नेपाललाई कभर गरेकाे छ । नेपालकाे धर्म, कला, खानपिन, रहनसहन, मानवीय बनावट तथा वातावरणीय परिवेश प्राय यी दुवै देशकाे जस्तो मिल्दो जुल्दाे हुन आउछ तर राजनीति दृष्टिले भारत ठुलाे प्रजातान्त्रिक मुलुक हाे, भने चीन विश्वकै ठुलाे कम्युनिस्ट मुलुक हाे । चीनमा माओले स्थापना गरेकाे साम्यवादी शासन पद्धति लागू भइरहेको छ, भने यता भारतमा ब्रिटिशकाे अधिनायकत्वकाे समाप्ति पश्चात् गान्धी र जवाहरलाल नेरूकाे उद्दार समाजवादी व्यवस्थाकाे थालनी भइरहेको छ । यी सबै परिवेशलाई मध्यनजर गरेर हेर्ने हाे भने’ नेपालले याे दुवै राजनीति प्रणालीलाई अपनाएर अगाडि बढ्न आवश्यक देखिन्छ! किनभने, नेपालकाे भु- राजनीतिक कारणले गर्दा, यी दुई मुलुक मध्य कसैलाई पनि चिराएर र शत्रुता गरेर अगाडि बढ्न सक्ने स्थिति देखिदैन ।

ADVERTISEMENT

नेपालमा विभिन्न जाति समुदाय र ठुला छिमेकी बिच ल्याण्ड लक अवस्थामा नेपाली भुमि रहेकाले तटस्थ राजनीतिक, कुटनैतिक र रणनीतिक विधि अपनाउनु पर्ने वा वैकल्पिक रूपमा यहाँकै भुगाेल अनुरुपकाे कला, संस्कृति, धर्म, समुदाय र उत्पादनको आधारमा सेल्फ ल्याण्डीङ्ग साम्यवादी व्यावस्था अपनाउदा राम्रो देखिन्छ । सेल्फ ल्याण्डीङ्ग साम्यवादी (आत्म अवतरण साम्यवाद)व्यवस्था भन्नाले दुवै देश बिचकाे सम्बन्ध घनिष्ट तर यी दुवै देशलाई राजनीतिक, कुटनैतिक र रणनीतिक तरिकाले प्रयाेग गरि अन्य तेस्रो मुलुकसँगकाे सम्बन्धलाई चतुरपुर्ण तरिकाले आर्थिक, व्यापारीक, सामरिक लगाएत राजनीतिक, कुटनैतिक रूपमा समान दुरी र सम्बन्ध बनाइराख्नु , जल- थल र वायु मार्गकाे सम्भावनालाई विस्तार गर्दै जानु र अन्य विश्वका अधिकार हिन टापुलाई आफ्नो क्षेत्राधिकारमा राख्ने सम्मकाे क्षमता बनाउन सक्नु वा समग्रमा भन्नुपर्दा राष्ट्रिय माैलिकताकाे आधारमा क्रान्ति सम्पन्न गर्नु नै सेल्फ ल्याण्डीङ्ग साम्यवादी(आत्म अवतरण साम्यवाद) व्यवस्थामा जानु हाे ।

१९औं शताब्दीमा गरिएको क्रान्ति आजकाे २१औं शताब्दीमा हावामा उडेको बल जस्ताे हुन सक्छ, अन्तरदेशीय क्रान्तिकाे नक्कल गरेर अगाडि बढ्नु भन्दा आन्तरिक स्वस्फूर्तिकाे क्रान्ति गरेर अगाडि बढ्न सके टिकाउ,दरिलाे र दिर्घकालिन हुनसक्छ। अबकाे क्रान्ति नेपाली माैलिकताकाे आधारमा हुनुपर्छ । किनभने कुनै पनि देसले नयाँ परिवर्तन र सिर्जनाकाे लागि आफ्नाे संप्रभुतालाई ख्याल राखेकाे हुन्छ । तसर्थ हामिले पनि आफ्नाे संप्रभुतालाई जाेगाउदै भविष्यकाे सुन्दर जिवनलाई सफल बनाउने सरल बाटाे निर्माण गर्न अनिवार्य छ।
साम्राज्यवाद र विस्तारवादको सम्बन्ध पूँजीवादमा-:
पुँजिवाद‌को जन्म साम्राज्यवादको काेखमा हुन्छ, भने पुँजीवादलाई मलजल गरेर हुर्काउने, बढाउने र फैलाउने काम विस्तारवादले गर्दछ। साम्राज्यवाद सामन्तीले निर्माण गरेको शक्तिशाली व्यवस्था हो। यो सिंगो सामन्तीहरुको संगठन पनि हाे। जुन यत्रतत्र छरिएर रहेको सामन्तको नेटवर्कको सञ्जाल पनि हाे । विस्तारवाद यसकै सहायक पाटो हो। किनभने साम्राज्यवाद‌को आडमा विस्तारवादले विश्वभरिनै विस्तारवादी निति अपनाएको हुन्छ।

त्यसैले यी दुई एक सिक्काका दुई पाटा हुन्। यसको अस्तित्व मध्य कुनै एकको अस्तित्व समाप्त पार्न सकियो भने साम्राज्यवादको समाप्ति र नयाँ व्यवस्थाको प्रारम्भ सुरु गर्न सकिन्छ । साम्राज्यवाद र विस्तारवादले, आफ्नो साम्राराज्य बनाइराख्न, कमजोर राज्य, गरिब मुलुक, धेरै जनसंख्या भएकाे देश, विकासोन्मुख देस, विज्ञान र प्रविधिमा पछि परेका लगाएत भाेका, नाङ्गा, असक्त, अनिकाल, रुढीबादी र बिमारी ग्रष्ट मुलुकमा विभिन्न आर्थिक र शक्तिको लाेभ र धम्कीमा डबडबा गरेर नियन्त्रण बनाइराख्ने कोशिस गरिरहन्छ । तसर्थ साम्राज्यवाद र विस्तारवादकाे दासत्वबाट अछुतो र सुरक्षित रहनकाे लागि सर्वप्रथम कुनै पनि राष्ट्र सार्वभौम हुन र हरेक क्षेत्रमा आत्मनिर्भर हुनु आवश्यक छ। यसकाे लागि ज्ञान,सिप र परिश्रम महत्त्वपूर्ण हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host