ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बाथरोगकाे उपचार अनुमानको भरमा गर्नु राम्रो हाेईन डा.कल्पना पुडासैनी


बाथरोगकाे उपचार अनुमानको भरमा गर्नु राम्रो हाेईन डा.कल्पना पुडासैनी
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

११ चैत काठमाडौं / बाथरोग एक दीर्घ रोग हो र यो कयौं प्रकारको हुन्छ । प्रकार अनुसार रोगको लक्षण पनि अलग हुने गर्दछ । यद्यपि धेरैजसो बाथरोगमा सामान्यतया देखिने साझा लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो । रोगका अनेक लक्षणहरु हुन सक्छन । तर हाम्रो समाजमा मानिसहरु रोगको पहिचान भन्दा पनि अनुमानको भरमा घरेलु उपचार विधि अपनाउने गर्दछन् । जोर्नी दुख्ने समस्या बाथरोगको लक्षण हो तर जोर्नी दुख्ने वित्तिकै चिसोको कारणले वा खानपानको फेरबदलको कारणले दुखेको हुनसक्ने अनुमान लगाउँदै घरेलु उपचारमा मात्र सीमित रहँदा र समयमै रोगको पहिचान नहुँदा यसले समस्यालाई अरु बल्झाउने र जटिलतातर्फ उन्मुख गराउने काम गर्छ । त्यति मात्र होइन, जब दुखाई कम गर्ने उपाय स्वरुप अन्जानवश आफूखुशी अनेक औषधिहरुको प्रयोग हुन थाल्छ, त्यसले रोगीलाई अरु शिथिल मात्र बनाउँदैन, रोगलाई जटिल मोडतर्फ धकेल्न थाल्छ । फलस्वरुपः बिरामी डिप्रेशनमा जाने डर समेत हुन्छ । जबसम्म रोगको पहिचान हुँदैन, सामान्य रोग पनि असामान्य लाग्न थाल्छ र बिरामीमा मनोवैज्ञानिक असर पर्न थाल्छ । त्यतिखेर रोगले भन्दा पनि एक प्रकारको शंका र चिन्ताले बिरामीलाई अरु शिथिल बनाउन थाल्छ ।
बाथरोग सामान्यतया हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा हुने गडबडीका कारणले हुन्छ । बाथरोग हराएर जाँदैन, तर यसलाई कम गर्ने अनेक उपायहरु छन् । यो रोगको समयमै पहिचान हुन सकेन भने शरीरका विभिन्न अङ्गहरुमा यसको असर र प्रभाव देखिन थाल्छ । यसका लागि बाथरोगका लक्षणहरु बुझ्नु निकै जरुरी हुन्छ । हात तथा खुट्टाका जोर्नीहरु सुन्निने, दुख्ने जुन प्राय बिहानीपख रहन्छ । चिसो पानी चलाउँदा औंलाहरु निलो, फुस्रोे भएर जाने, औंलाका टुप्पामा घाउ आउने, आँखा/मुख सुख्खा भइरहने, आँखामा बालुवा हालेजस्तो बिझाउने, घाममा बस्दा गाला अनुहार धेरै रातो हुने, कपाल झर्ने, छालामा डाबर घाउ खटिरा आइरहने, मुख, गुप्ताङ्ग वा शरीरका अरु भागमा घाउ–खटिरा निस्कने, लामो समयसम्म ज्वरो आइरहने, थकान हुने, जिउ धेरै गल्ने, आँखा रातो हुने, पाचन प्रणालीमा गडबडी हुने, ढाड दुख्ने र मध्यराति सुतेको अवस्थामा अर्को कोल्टो फर्किन कठिन हुने, गर्भावस्थामा बच्चा तुहिने इत्यादि सबै बाथरोगका लक्षण हुन सक्छन् ।

ADVERTISEMENT

बाथ भन्ने बित्तिकै समामान्यतया हामीहरु जोर्नी दुख्ने रोग भनेर मात्र बुझ्छौ तर यसको असर शरीरका अन्य अङ्गहरुमा पनि देखिन सक्छ । यसले शरीरको हरेक अङ्ग जस्तै फोक्सो, मृगौला, नशा, मुटु, आँखा आदिमा पनि असर गर्न सक्छ । बाथरोग लाग्नुमा कुनै खास र विशेष कारणलाई दोष दिन सकिन्न । यो वंशानुगत पनि हुन सक्छ । वातावरणले समेत यसलाई बढाएको देखिन्छ । जोर्नी दुख्यो भन्दैमा अनुमानको भरमा यो बाथरोग हो भनेर पत्ता लगाउन सकिन्न । यसका लागि स्वास्थ्य परीक्षण अपरिहार्य हुन्छ । बाथका प्रकारहरु अलग अलग हुने भएकाले उपचार अघि कुन प्रकारको बाथ हो, पत्ता लगाउनु जरुरी हुन्छ ।

कसैकसैले बाथ त हो नि भन्दै अर्को बाथरोगीका लागि डाक्टरले सिफारिस गरेको औषधि सेवन गरेको समेत भेटिएको छ । यो सर्वथा गलत हो । यसले बिरामीको स्वास्थ्यमा अरु गम्भीर असर निम्त्याउन सक्छ ।
विगतमा हाम्रो समाजमा बाथरोग विशेषज्ञको अभावमा प्रायः बिरामीहरु छिमेकी देश वा त्यो भन्दा पर जानुपर्ने बाध्यता थियो भने आजको सन्दर्भमा नेपालमा नै बाथरोगको उपचार सम्भव छ । विभिन्न प्रकारका बाथरोगमा प्रयोग हुने औषधीहरु यही उपलब्ध छन् । जटिल अवस्थामा प्रयोग हुने बायोलोजिक्स सुईहरु समेत नेपालमै उपलब्ध छन् ।
बाथरोगका प्रकार, यसको उपचार विधि, बाथरोगले पार्ने असर अनि अपनाउनु पर्ने सावधानीका बारेमा सामान्य जानकारी हुनु जरुरी छ । उपचारमा औषधि सेवनको बारेमा मात्र जानकार हुनु पर्याप्त हुँदैन । बाथरोगको औषधि लामो समयसम्म सेवन गर्नुपर्छ । सक्रिय र स्वस्थ रहन चिकित्सकको निगरानीमा औषधी उपचार गर्नु अपरिहार्य हुन्छ । वरिष्ठ बाथरोग विशषज्ञ डा। पुडासैनी आरोग्य स्वास्थ्य सदन, नेपाल बाथरोग उपचार केन्द्र, जावलाखेलमा कार्यरत हुनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपालकाे सडक दुर्घटना र यसको रोकथामकाे उपाय

नेपालको धड्कन तराई–मधेस  एकता र आत्मनिर्भरताको बाटोमा तराई विखण्डन हुनबाट जाेगाउने उपाय

सानो उमेरमै बालबालिका कुलतमा फस्ने समस्या रोकथामका उपाय र राज्यको जिम्मेवारी

सानो उमेरमै बालबालिका कुलतमा फस्ने समस्या रोकथामका उपाय र राज्यको जिम्मेवारी

शंखरापुरको सम्भावना र समृद्धि सबै स्थानीयलाई धनी बनाउने उपाय

शंखरापुरको सम्भावना र समृद्धि सबै स्थानीयलाई धनी बनाउने उपाय

देश स्थिरताकाे खोजीमा अस्थिर राजनीति र आर्थिक संकटबीच सैनिक संयन्त्रको भूमिका आवश्यक

देश स्थिरताकाे खोजीमा अस्थिर राजनीति र आर्थिक संकटबीच सैनिक संयन्त्रको भूमिका आवश्यक

नेपालकाे सडक दुर्घटना र यसको रोकथामकाे उपाय

देशको उज्ज्वल भविष्यका लागि राजनीतिक एकता र दिगो विकासको बाटो

परिवर्तनको लागि मेरो स्वतन्त्र आवाज १२ बुँदामा

परिवर्तनको लागि मेरो स्वतन्त्र आवाज १२ बुँदामा

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host