ADVERTISEMENT
जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका–५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सोही घटनामा आमा सिकिस्त छन् । गए राति एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले राससलाई जानकारी दिए । विष सेवनबाट स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य, ४ वर्षीया छोरी आकृति तथा २ वर्षीया छोरी आरुती साह मृत्यु भएको हो । तीनै जनाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ADVERTISEMENT













