ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

रमाइलो पाठशाला जरङ्कुमा निःशुल्क स्वास्थ्य सिविर


रमाइलो पाठशाला जरङ्कुमा निःशुल्क स्वास्थ्य सिविर
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

राजन थापा/ जेठ १२,काठमाण्डौ। अध्ययन अध्यापन केवल विषयवस्तु र किताबी ज्ञानमा मात्र सिमित गरिनु हुँदैन भन्ने उद्देश्यका साथ तारकेश्वर नगरपालिका ८ जरङ्कुमा स्थापित रमाइलो पाठशालाले आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य परीक्षण तथा दन्त शिविरको आयोजना गरेको छ । शरीर स्वस्थ हुन मुख स्वस्थ हुनु जरुरी छ । मुख यदी सफा छैन भने हामीले जतिसुकै स्वस्थ खाना खाएपनि स्वास्थ्यमा समस्या आउन सक्छ भन्ने अभिप्रायले पाठशालले ॐ समाज डेण्टल अस्पताल संगको सहकार्यमा यही जेठ ४ गते आफ्ना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण तथा दन्त शिविरको आयोजना गरेको थियो । उक्त अवसरमा आफ्ना ७ सय विद्यार्थीहरुको निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको पाठशालाका प्रधानाध्यापक बेदराज घिमिरे बताउँछन् ।

गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको विद्यालयले अनुभवी शिक्षक मार्फत आधुनिक तरिकाले पठनपाठन गराउँदै आइरहेको छ । २०७२ सालमा स्थापना गरिएको उक्त विद्यालय( पाठशाला)ले उत्कृष्ट नतीजा दिन सकेका कारण अभिभावकको पहिलो रोजामा पर्न सफल रहेको समेत बताइएको छ । विद्यालयको नामै रमाइलो पाठशाला रहेका कारण पनि  यो विद्यालयले पनि विद्यार्थीहरूको जीवनमा नवीन ऊर्जा, सकारात्मक सोच र उज्यालो भविष्यको अपेक्षाका साथ निरन्तर प्रयत्न गरिरहेको बताइन्छ । प्रारम्भिक शिक्षा देखि माध्यमिक तह सम्मको अध्ययन गराइने पाठशालामा विद्यार्थीहरुको थामि नसक्नुको चाप रहेको बताउँछन् सहायक प्रधानाध्यापक मधु सापकोटा । बालमनोविज्ञान बुझ्न सक्ने शिक्षकको चयन र अन्तर्राष्ट्रीय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने योग्य विद्यार्थीको व्यवस्थापनका कारण पनि नयाँ विद्यार्थी भर्नाका लागि यस विद्यालयमा छोटो समयको अवधी खुल्ला गर्नु पर्ने बाध्यता रहेको बताइन्छ ।

शिक्षकहरुलाई आवश्यक तालिमको व्यवस्था समय समयमा मिलाएर दिने गरिएकोले उत्कृष्ट नतीजा निकाल्न सफल भएको कारणले साथै अन्य विद्यालयको तुलनामा सस्तो समेत रहेकोले पनि आफ्नो पहिलोा रोजाइमा रमाइलो पाठशाला परेको बताउँछन् अभिभावक दिलकुमार श्रेष्ठ । विद्यालयले समय समयमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण समेत गर्ने क्रममा यसपटक ॐ समाज डेण्टल अस्पताल वनस्थली शाखा प्रमुख सविना पपनको नेतृत्वमा प्रथमिक तह र माध्यमिक तहका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण यही जेठ ४ र ११ गरे गरी दुई चरणमा सम्पन्न गरेको छ । पपनको नेतृत्वमा आएका ॐ समाज अस्पतालका दन्त विशेषज्ञ डा.गौरी श्रेष्ठ,डा.वर्षा कार्की,डा. उषा दन्त सहायक जुनु पण्डितको टोलीले स्वास्थ्य परीक्षण गर्ने क्रममा धेरैको दाँतमा समस्या देखिएकोा कारणले विद्यालय परिवार र अस्पतालबीच स्वास्थ्य परीक्षण सम्झौता गर्नुपरेको बताइएको छ । यसैगरी आँखा क्याम्प सञ्चालक विशाल थापाको नेतृत्वमा किर्तिपुर आँखा अस्पतालको टोलीले समेत विद्यार्थीहरुको आँखाको परीक्षण गरेको थियो ।

ADVERTISEMENT

यसैगरी रमाइलो पाठशाला र ॐ समाज डेण्टल अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारी पश्चात् विद्यालय परिवार तथा विद्यार्थी र तीनका अभिभावक हरुको दन्त परिक्षणमा विशेष छुट तथा सेवा प्रदान गर्ने जनाइएको छ ।समझदारी पत्रमा विद्यालयका तर्फबाट प्रधानाध्यापक बेदराज घिमिरे तथा समाजका तर्फबाट सविना पपनले हस्ताक्षर गरे । यस सहकार्य अन्तर्गत पाठशालाका शिक्षक कर्मचारी तथा तीनका परिवारका सदस्य लगायत विद्यार्थी र तीनका परिवाका सदस्य हरुलाई दन्त उपचारमा २० प्रतिशत र दन्त मुकुट निर्माणका क्रममा १५ प्रतिशत छुटको व्यवस्था गरिने जनाइएको छ ।

यस सम्झौताले अस्पताल र पाठशाला परिवारबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको समेत जनाइएको छ । जसले पाठशाला परिवारलाई सहज उपचारमा गुणस्तरीय सेवा प्रदान गर्नेछ । ॐ समाज डेण्टल अस्पताल प्रा. लि. वनस्थली शाखा प्रमुख सविना पपनको टोलीले यही जेठ ४ गते पाठशालामा अध्ययनरत ७ सय विद्यार्थीहरुको निःशुल्क दन्त परिक्षण शिविर सञ्चालन समेत गरेको थियो भने पाठशाला परिसरमा आज विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने दाँतको परिक्षण र उपचारमा संलग्न रहेका डा. गौरी श्रेष्ठ , डा. वर्षा कार्की,डा. उषा सविना पपन ,दन्त सहायक जुनु पण्डित पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा र जयराम बिडारीलाई सम्मान पत्रले सम्मानित गरेको थियो । उक्त अवसरमा सविना पपनले विद्यार्थीहरुलाई दन्त सुरक्षा र हेरचाह गर्ने विषयमा प्रशिक्षण समेत प्रदान गरेकी थिइन् ।उक्त सिबिर संचालन तार्केश्वर ६० का अध्यक्ष राजन थापा ले गर्नु भएको थियाे सिबिर मा जुन M O U गरियाे त्यो सबै बिद्यार्थी अभिभावक हरुकाे लागि फाइदाजनक छ बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

मणिचूड आधारभूत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव

मणिचूड आधारभूत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव

विद्यासागर इङ्लिस बोर्डिङ स्कुलमा स्मार्ट प्यारेन्टिङ अभिभावक सचेतना कार्यक्रम

विद्यासागर इङ्लिस बोर्डिङ स्कुलमा स्मार्ट प्यारेन्टिङ अभिभावक सचेतना कार्यक्रम

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

नेपाल जर्मन उद्योग वाणिज्य संघ र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल जर्मन उद्योग वाणिज्य संघ र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो मुख्यमन्त्री बाँनिया

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो मुख्यमन्त्री बाँनिया

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host