ADVERTISEMENT
ADVERTISEMENT
१४ जेठ, काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज बुधबार (जेठ १४ गते) बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हिमालयन लाइफले हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने सुचनामा भनिएको छ ।











