ADVERTISEMENT
काठमाडौं । प्रभु इन्सुरेन्सले(PRIN) साउन २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।यसकाे सभामा १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश भएको छ । बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरी यसअघिकाे ५०.१५ प्रतिशत हकप्रद सेयर जारी गर्ने जनाएको छ।
ADVERTISEMENT
बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले उक्त हकप्रद सेयर अनुपात संशोधन गरी ४७ प्रतिशतमा झारिएको जानकारी गराएको छ । सभा प्रभु इन्सुरेन्स लिमिटेड, प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा र बोनस सेयर वितरण प्रयोजनका लागि साउन २ गते बुक क्लोज हुनेछ । साउन १ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित बोनस सेयर पाउन सक्ने छन् ।










