काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएको छ । नेपाल आयल निगमले सूचना निकाल्दै पेट्रोल प्रतिलिटर ५ रुपैयाँ र डिजेल मट्टितेलमा १ रुपैयाँका दरले मूल्य घटाएको जनाएको हो । इन्डियन आयल कर्पोरेशनबाट असार ३१ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले बताएको छ । पहिलो वर्गमा १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १४५.५०, दोस्रो वर्गमा १४७ र तेस्रो वर्गमा प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ । सुची-:














