ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरू


कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरू
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । प्रथम राष्ट्रिय कोदो दिवस २०८२’को अवसर पारेर शुभम् फाउण्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरू गरेको छ ।  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरिएको उपकरण जडान गरेर शुभम् फाण्डेशनले ‘दिक्तेल कोदो बिस्कुट’ नामको कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन गरेर बजारमा ल्याएको हो । कोदोको पिठो, घ्यू, दूध र चिनी प्रयोग गरेर उत्पादन गरिएको १०० ग्रामको प्याकेटमा राखिएको बिस्कुटको मूल्य रु ५० राखिएको छ । नगरपालिकाको रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत शुभम् फाउण्डेशनले उत्पादन गरेको बिस्कुट जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, तीनवटै सुरक्षा निकायका प्रमुख, वडा नं २ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईलगायतले संयुक्त रूपमा सार्वजनिक गरे ।  प्रथम राष्ट्रिय कोदो दिवसको अवसर पारेर बिस्कुटसँगै कोदोबाट बनाइएका खाद्य परिकारहरू प्रदर्शनी गरिएको छ । कृषि ज्ञान केन्द्र खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र शुभम् फाउण्डेशनले संयुक्त रूपमा आयोजना गरेको कोदो दिवसमा बिस्कुटसँगै केक, मोमो, कुकिज, सेलरोटी, सुक्खा रोटी, खिर र तोङ्बा प्रदर्शनीमा राखिएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्धारण गरेको मापदण्ड पूरा गरेर कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरू गरिएको शुभम् फाउण्डेशनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिए । “कोदोको परिकारलाई बजारीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यावसायिक रूपमा ‘दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरू गरेका छौँ । यो आजैबाट बजारमा पठाउन थालेका छौँ”, उनले भने, “शुभम् फाउण्डेशनमा कोदोको अन्य परिकारहरू पनि उत्पादन हुन्छ । त्यो चाहीँ उपभोक्ताको मागअनुसार बनाएर उपलब्ध गराउने तयारी गरिएको छ ।” जिल्लामा उत्पादित कोदो शुभम् फाउण्डेशनले सञ्चालन गरेको उद्योगमा खपत हुने भएपछि कृषकहरूले समेत सहजै आम्दानी लिन सक्ने भएका छन् । शुभम् फाउण्डेशनले व्यावसायिक रूपमा उत्पादन गरेको कोदोको बिस्कुट स्वादिष्ट, गुणस्तरीय र स्वास्थ्यकर भएकाले प्रवर्द्धन गर्न सबैको सहकार्य आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख राईले बताए । “स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सकेमात्र समृद्ध बन्न सकिन्छ । शुभम् फाउण्डेशनले उत्पादन गरेको कोदोको बिस्कुट स्वादिष्ट, गुणस्तरीय र स्वास्थ्यकर रहेको पाइएको छ”, उनले भने, “परम्परागत रूपमा उपभोग गर्दै आइएको कादोलाई आधुनिकीकरण गर्न आवश्यक छ । शुभम् फाउण्डेशनले यो कामको थालनी गरेको छ । यसलाई प्रवद्र्धन गर्न सबैले सहयोग गर्नुपर्छ ।”
रैथाने बाली संरक्षण तथा प्रवर्द्धन गर्दै कृषकलाई उत्पादनसँग जोड्न नगरपालिकाले १७ औँ नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरेर लागू गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कार्यबाहक नगरप्रमुख विशन राईले जानकारी दिए । “नगरवासीको आम्दानी वृद्धि गर्न उपप्रमुखसँग कृषक कार्यक्रम लागू गरेका छौँ । यो कार्यक्रमले धेरै कषकहरू व्यवसायिक बनेका छन्”, उनले भने, “स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सङ्घीय कानुन बाधक छ । यसलाई संशोधन गरेर कार्यान्वयन गराउन नगरप्रमुखको नेतृत्वमा आन्दोलनसमेत गरिरहेका छौँ ।” शुभम् फाउण्डेशनले उत्पादन गरेको कोदोको परिकार नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको रूपमा उपयोग गर्ने/गराउने विषयमा समेत तयारी गरिएको नगरपालिकाले जनाएको छ । कोदोबाट उत्पादित परिकार उपभोग गर्दा मधुमेह, मुटु रोग, एनिमिया नियन्त्रण तथा हड्डी बलियो बनाउने र रगतको मात्रा बढाउने औषधीय गुण हुने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
राष्ट्रिय कोदो दिवसको अवसर पारेर नगरपालिकाले कोदोको उपयोगिताका विषयमा वत्तृत्वकला प्रतियोगितासमेत आयोजना गरेको थियो । प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेलकी विपासा खनाल पहिलो, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका प्रताप खत्री दोस्रो, शितला माध्यमिक विद्यालय खाल्लेकी प्रनिशा राई तेस्रो तथा जालपा माध्यमिक विद्यालय जालपाका प्रज्ज्वल खड्का सान्त्वना भएका छन्। वक्तिकत्वकला प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने प्रतियोगी विद्यार्थीलाई क्रमशः नगद रु दुई हजार ५००, रु दुई हजार २५०, रु दुई हजार र रु एक हजार ७५० प्रदान गरिएको छ । कार्यक्रममा उत्पादनमा आधारित व्यावसायिक खेती गर्ने कृषकलाई नगदसहित पुरस्कारसमेत वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ

सारथी इक्विटी फण्डको दोस्रो साधारण सभा सम्पन्न शेयरधनीलाई १० प्रतिशत नगद लाभांश

सारथी इक्विटी फण्डको दोस्रो साधारण सभा सम्पन्न शेयरधनीलाई १० प्रतिशत नगद लाभांश

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सामाजिक सद्भाव र सुरक्षा समन्वयमा जोड

बाढीपीडितको साथमा सरकार, मन्त्रीले दिए एक महिनाको तलब

साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अगाडि बढाउदै

साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अगाडि बढाउदै

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

सुनको मूल्यमा भारी वृद्धि, चाँदीको मूल्यमा पनि वृद्धि

समता शुल्क फिर्ताका लागि १५ दिनको समय

तलब–भत्ता वृद्धि कार्यान्वयनसँगै अर्थ मन्त्रालयको कडाइ

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host