ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं / नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य निरन्तर तेस्रो कारोबार दिन बढेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको आज प्रतितोला १ हजार ९०० रुपैयाँ बढेको हो। सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ।










