ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँ तोकिएको छ । हिजो सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलाको १० रुपैयाँ घटेर दुई हजार ३०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।










