नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्यमा उल्लेख गरिएका खानेपानी मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तरअनुसार कार्यान्वयन गर्ने आज गरिएको सम्झौताको मुल उदेश्य रहेको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “तीनै तहका सरकारहरूको क्षमता अभिवृद्धि गर्दै, शहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षित खानेपानी तथा सरसफाइ सेवा विस्तार गर्न, फोहोर पानीको सङ्कलन ,प्रशोधन तथा व्यवस्थापनमा विशेष ध्यान दिइनेछ । हाम्रो लक्ष्य विसं २१०० सम्म सबै नेपालीलाई सुरक्षित पानी र सरसफाइ सेवा उपलब्ध गराउनु हो ।”
मन्त्री यादवले अघिल्लो आर्थिक वर्षमा भएका कमजोरी नदोहोर्याउन सचेत गराउनु हुँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभाकावारी बनाउने गरी लाग्न सचिव, सहसचिवसहित सबै विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभयो । सचिव ई बज्रचार्यले चालू आर्थिक वर्षमा कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री यादवले यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्पादन सम्झौता गर्नुभएको थियो ।


सही जवाफ पत्रिका
काठमाडौँ, नेपाल
+9779851112187
sahijawaaph@gmail.com
info@dibaynews.com
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
