ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । सरकारले कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा डिम प्रसाद पौडेललाई नियुक्त गरेको छ । यसअघि अध्यक्ष रहेका पूर्वसचिव रामशरण पुडासैनीलाई सरकारले प्रशासनिक प्रशिक्षण प्रतिष्ठनमा नियुक्त गरेपछि बैंकको अध्यक्ष पद रिक्त रहेको थियो । अर्थ मन्त्रालयले उनलाई बैंक सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेको हो । उनले आजै राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिने तयारी छ ।












