ADVERTISEMENT
काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
ADVERTISEMENT
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्ला केही दिन सुनको मूल्य निरन्तर बढिरहेको छ । आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेर २ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।











