“शब्द र यथार्थ” कविता
विश्व घुम्यो, घुमिरह्यो, चन्द्रमासम्म पुग्यो
तर भुँइमान्छे अझै पनि आफ्नो छाँया खोज्दै झुकेको छ।
महल ठडिए, गगनचुम्बी सपना बने, तर झुपडीको भित्र
नुन र भातको सपना अधुरै छ।
बिजुली चम्कन्छ शहरमा, आकाशजस्तै झलमल
तर कुनै गाउँको छानामा साँझ अझै अन्धकारले बास गर्छ।
शब्दहरू चिच्याए -विकास-उन्नति-क्रान्ति
तर ती शब्दको प्रतिध्वनि भोकले कराउने पेटसम्म पुगेन।
पुस्तकले भन्यो स्वतन्त्रता आयो
तर के स्वतन्त्र छ त्यो बालक, जो ईंटा बोक्दै हुर्किन्छ?
राजनीति रमायो सिंहदरबारभित्र, जनता चिच्यायोरुँदै तर सुन्ने कोही भएन।
पत्रकार एवम् लेखक-
सन्तोष प्रसाद तिवारी ।काठमाडौं ।











