ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

कृति एक रातको बास पाठकमाझ


कृति एक रातको बास पाठकमाझ
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यस अघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य-निबन्ध संग्रह ‘चिबे-नकटो’ र उपन्यास ‘वनिता’ जस्ता कृतिहरू प्रकाशित गरिसक्नुभएका पोखरेल दोस्रो कथासंग्रह लिएर पाठकमाझ आउनु भएको हो । उहाँको नियात्रा संग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पनि आएको छ । २०८ पृष्ठमा फैलिएको यस संग्रहमा जम्मा १५ कथा समावेश छन् । ‘कोरली, नियतिको खेल, पोल्टाको सिन्दूर, पहाडे मनई आइटा, सुनयना, लच्छुकी घरवाली, एक रातको बास, पराई सुख, सन्त्रास, माखे सांगलो, तिमी बाहेक, म को हुँ ?, आश्रम, आफलेको ठाँडो र यो पनि झुट हो !’ शीर्षकमा रहेका यी कथामध्ये ‘एक रातको बास’ कथाबाटै पुस्तकको शीर्षक राखिएको छ । पत्रकार कृष्ण भुसालले सम्पादन गर्नुभएको यस संग्रहमा ‘वृद्धको डायरी’लाई कथाक्रम भन्दा अलग्गै राखेर प्रस्तुत गरिएको छ ।

महाकाव्यकार खेमनाथ दाहालका शब्दमा, ‘यस संग्रहमा समावेश कथाहरू गहन, जीवन्त र मार्मिक छन् । हास्य-व्यंग्य, स्मृति, जीवनशैली र प्रकृतिप्रतिको प्रेमलाई लेखकले कथा निर्माणका औजारका रूपमा प्रयोग गर्नुभएको छ । विशेषतः ग्रामीण सामाजिक संरचना, मानवीय सम्बन्ध र संवेदनालाई लेखकले आफ्ना कथामा सूक्ष्म तरिकाले उतार्नु भएको छ ।’कथामा पात्रहरूको संघर्ष, जीवनशैली र मनोविज्ञानलाई सजीव ढंगले प्रस्तुत गरिएको छ । यसले नेपाली गाउँ–परिवेशलाई मात्र होइन, बदलिँदो समाजका विभिन्न रूपलाई चित्रित गरेको देखिन्छ । कथामा सरल तर प्रभावकारी भाषा, वर्णनशैली र शिल्पगत परिपक्वता पाइन्छ, जसले पाठकलाई सहजै आकर्षित गर्ने महाकाव्यकार दाहालको भनाइ छ ।

ADVERTISEMENT

‘मैले हाम्रै परिवेशमा भएका विभिन्न कालखण्डका पदचाप, घटनाक्रम र अनुभूतिलाई कथामार्फत यहाँहरूसमक्ष प्रस्तुत गरेको छु । बाँकी मूल्यांकन सुधी पाठकवर्गकै जिम्मेवारी हो’, स्रष्टा पोख्रेल भन्नुहुन्छ । लेखकले समाजमा देखिएका सुख–दुःख, संवेदना र विसंगतिलाई यस संग्रहमा उतार्नु भएको छ । नेपाली कथासाहित्यमा पछिल्ला दशकमा शहरी परिवेशलाई केन्द्रमा राखेर लेखिएका कृतिहरू बढी देखिएका बेला ‘एक रातको बास’ ग्रामीण पृष्ठभूमि, सामाजिक सम्बन्ध र सामूहिक जीवनका कथा लिएर आएको छ । यसले नेपाली जीवन-यथार्थलाई प्रष्ट देखाउनमात्र नभई साहित्यिक स्वाद र भावनात्मक गहिराइ पनि प्रदान गरेको छ । यस संग्रहका कथा केवल मनोरञ्जनका स्रोतमात्र नभएर समाजको ऐना र जीवनका विविध आयामहरूको दर्पण रहेको कृतिका सम्पादक कृष्ण भुसाल बताउनुहुन्छ । ‘पाठकलाई सोच्न, आत्मसमीक्षा गर्न र आफ्नै जीवनसँग जोडेर कथालाई आत्मसात गर्न प्रेरित गर्ने क्षमता यसमा छ’, उहाँको भनाइ छ ।

लेखनाथ पोखरेलको ‘एक रातको बास’ नेपाली कथासाहित्यमा सशक्त उपस्थिति हो । यसमा समावेश कथाहरूले मनोरञ्जनसँगै जीवनबोध र सामाजिक यथार्थको गहिरो अनुभूति प्रदान गर्ने उपन्यसकार तथा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ बताउनुहुन्छ । सरल भाषा, प्रभावकारी शिल्प र संवेदनशील विषयवस्तुले यो कृति पठनीय रहेको उहाँको भनाइ छ । निरन्तर सिर्जनशील यात्रामा अग्रसर पोखरेलको यो कृति नेपाली कथासाहित्यमा थप योगदान स्वरूप आएको छ भन्नेमा साहित्यिक वृतमा सर्वसम्मति देखिन्छ । मोबाइल किताब प्रा.लि.ले डिजाइन तथा छपाइ गरेको यो पुस्तक कलात्मक आवरणसहित प्रकाशित गरिएको छ । यस कृतिको मूल्य ४५० रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमद्वारा PayG नियन्त्रण सुविधा र ३० दिनको नयाँ डाटा प्याक सार्वजनिक

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host