ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकाे फागुन २१ काे निर्वाचनकाे तयारी तीव्र


लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकाे फागुन २१ काे निर्वाचनकाे तयारी तीव्र
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं / लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तयारी तीव्र पारेका छन्। समुदायका सदस्यहरूले मतदाता नामावलीमा नाम दर्ता अभियानलाई सशक्त बनाउँदै देशव्यापी घरदैलो अभियान चलाइरहेका छन्। निर्वाचनलाई लक्षित गरी समुदायभित्र प्रतिनिधित्व, राजनीतिक दलहरूसँगको सम्बन्ध, र हालैको ‘जेनजी आन्दोलन’ को भविष्यबारे गम्भीर राजनीतिक तथा सङ्गठनात्मक छलफल चलेको छ।

निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न समयसीमा दिएको छ। सोही समयभित्र मतदान गर्ने उमेर पुगेका तर नाम दर्ता नगराएका व्यक्तिहरूलाई समेट्न समुदायले घरदैलो अभियान थालेको हो। विशेषगरी जेनजी आन्दोलनमा सहभागी युवाहरू अहिले एकजुट भएर चुनावी तयारीमा जुटेका छन्।यतिबेला समुदायभित्र प्रतिनिधित्वलाई लिएर दुई धार देखिएको छ। केही सदस्यहरू विद्यमान राजनीतिक दलहरूबाटै प्रतिनिधित्व सुनिश्चित गर्न चाहन्छन् भने केहीले समुदायको छुट्टै राजनीतिक दल बनाउने प्रस्ताव अघि सारेका छन्।

जेनजी आन्दोलनको बलमा सरकार गठन भएको एक महिना पुगिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै समुदायका सदस्यहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार आन्दोलनमा प्रत्यक्ष सहभागी समुदायका सदस्यलाई निर्णय प्रक्रियामा प्रतिनिधित्व गराइएन, जसले गर्दा सीमान्तकृत समुदायको सहभागितामाथि प्रश्न उठेको छ। गिभ आउटको सहयोगमा मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसिभ फोरम लगायत संस्थाहरूको संयुक्त आयोजनामा भएको ‘राजनीतिक सहभागिता, हाम्रो अधिकार’ विषयक राष्ट्रिय परामर्श कार्यक्रममा सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक  समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिए।

निर्वाचन सम्पन्न हुनेमा आशङ्का

कार्यक्रममा संविधानसभाका समलिङ्गी सभासद् तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले वर्तमान सरकारलाई सकारात्मक रूपमा लिन सकिने भए पनि तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन कठिन देखिएको बताए।”मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन, विभिन्न नामका जेनजी बनेका छन्, त्यसमा पनि विवाद छ,” पन्तले भने, “फलामको चिउरा चपाएजस्तो देखिन्छ, तोकिएको समयमा चुनाव हुन गाह्रो छ।” उनले जेनजीसमेत राजनीतिक दलहरू जस्तै एकीकृत हुन नसकेको भन्दै पहिचान सहितको साझा संरचना तयार गर्नुपर्नेमा जोड दिए। उनले दलित, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई नीति र निर्णय प्रक्रियामा छुटाउन नहुने बताए।

सहभागीहरूले ठुला एनजि ओहरूमा देखिएको भ्रष्टाचारलाई देखाएर साना र ग्रामीण क्षेत्रमा काम गर्ने संस्थाहरूलाई एउटै डालोमा हाल्ने गलत प्रवृत्ति रोक्न आग्रह गरे। उनीहरूले २०४६ सालपछि भएका सबै निर्वाचनमा विदेशी सहयोगको भूमिका रहे पनि दलित, अपाङ्गता भएका र लैङ्गिक तथा यौनिक अल्प सङ्ख्यकलाई त्यसैको नाममा आरोपित गर्नु अन्याय भएको टिप्पणी गरे। पन्तले “विदेशी सहयोग भन्ने अतिवाद भएको छ” भन्दै “राज्यले सहयोग गरेको भए समुदायलाई विदेशी सहयोगमा निर्भर रहनुपर्ने स्थिति आउने थिएन” भन्ने धारणा राखे।

उनीहरूले लाइसेन्सदेखि बसको टिकटसम्म घुस खुवाउनुपर्ने बाध्यता अन्त्यका लागि जेनजी आन्दोलन उठेको बताए। सहभागीहरूले “जनता गरिब, नेता धनी” बनाउने प्रवृत्तिको विरोध गर्दै, छुवाछूत, अपाङ्गता विभेद र भ्रष्टाचार अन्त्यमा राज्य जिम्मेवार हुनुपर्ने माग गरे। भ्रष्टाचार छानबिन नभएको भन्दै पन्तले अब लोकतन्त्र प्रविधिमैत्री हुनुपर्ने र “जनतामाथि होइन, जनताको हातमा शक्ति हुनुपर्छ” भन्नेमा जोड दिए। उनले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगले लोकतन्त्रलाई सुदृढ बनाउन सक्ने भन्दै त्यसतर्फ लगानी बढाउनुपर्ने सुझाव दिए।

जेनजी आन्दोलन र समुदायको राजनीतिक चेतना

कार्यक्रममा सहभागी विवेक मगरले जेनजी आन्दोलनमा सीमान्तकृत समुदायको सहभागिता भए पनि निर्णय प्रक्रियामा प्रतिनिधित्व नभएकोमा असन्तुष्टि व्यक्त गरे। उनले लोकतान्त्रिक अभ्यास निस्वार्थ हुनुपर्नेमा जोड दिए। नेपालमा पहिलो पटक ‘अन्य’ राहदानी लिएकी तेस्रोलिंगी अधिकारकर्मी मोनिका शाहीले जेनजी आन्दोलनलाई नेपालकै शक्तिशाली नागरिक आन्दोलनको रूपमा व्याख्या गरिन्। उनले राजनीतिक ज्ञान र अनुभवको कमीका कारण समुदाय पछाडि परिरहेको औँल्याउँदै राजनीतिक सचेतनाका लागि घरदैलो कार्यक्रम र मिडिया प्रतिनिधित्व आवश्यक रहेको बताइन्। उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको छुट्टै दल खोल्नु पर्ने आवश्यकतामा जोड दिइन्।

कीर्तिपुर नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका तेस्रोलिंगी अधिकारकर्मी हनि महर्जनले तालिम र नेतृत्व विकासमा ध्यान नदिँदा धेरै सदस्य अझै खुलेर राजनीतिमा आउन नसकेको र समुदायको यकिन सङ्ख्यासमेत अनुमान गर्न नसकिएको बताए। मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले एकजुट भएर राजनीतिक सहभागिताका लागि सचेतना अभियान नै सुरु गरिएको जानकारी दिँदै समुदायका सदस्यहरूलाई राजनीतिमा होमिन आग्रह गरे।

कार्यक्रममा सहभागीहरूले जेनजी आन्दोलनलाई एकीकृत रूप दिन, राजनीतिक दल वा समानुपातिक प्रतिनिधित्वका माध्यमबाट प्रतिनिधित्व सुनिश्चित गर्न र आगामी निर्वाचनलाई समुदायको अधिकार सुदृढीकरणको अवसरका रूपमा प्रयोग गर्नुपर्ने निष्कर्ष निकाले। कानुनकी विद्यार्थी सेहनाज इदूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूलाई मतदाता शिक्षा र राजनीतिक चेतनामा सहयोग गर्न आफू तयार रहेको बताइन्।

लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु चञ्चलाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय अहिले राजनीतिक रूपमा सशक्तीकरणको निर्णायक मोडमा पुगेको बताइन्। “मतदाता नाम दर्तादेखि चुनावी तयारीसम्म समुदाय सक्रियताका साथ लागिरहेको छ,” उनले भनिन्, “अब फागुन २१ को चुनावमा होमिएको सन्देश सबैतिर पुर्‍याउनुपर्छ।उनका अनुसार प्रतिनिधित्व र एकताको सवालमा अझै चुनौती बाँकी छ, र जेनजी आन्दोलनले देखाएको आशा संस्थागत परिवर्तनमा परिणत हुन सक्छ वा सक्दैन भन्ने प्रश्नको जवाफ आगामी निर्वाचनले स्पष्ट पार्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host