ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

अभिनेता दयाहाङ राई चलचित्र वरिष्ठ बलराममा नयाँ आवरणमा


अभिनेता दयाहाङ राई चलचित्र वरिष्ठ बलराममा नयाँ आवरणमा
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘वरिष्ठ बलराम’मा आवरणमा पनि केही फरक पन देखाउने प्रयास गरेको बताएका छन् । अधिकांश चरित्रमा गाउँले दुःख पाएको गरिब क्यारेक्टरमा देखिने दयाहाङ ‘वरिष्ठ बलराम’मा शहरिया धनी क्यारेक्टरमा देखिने भएका छन् । कार चढेर ५/७ जना क्यारेक्टर अगाडि÷ पछाडि लगाएर रवाफ देखाउने क्यारेक्टरमा ‘वरिष्ठ बलराम’मा दयाहाङ देखिनेछन् । त्यही भएर उनले आवरणमा पनि केही फरकपन देखिने उनले बताएका हुन् । यो आवरण ट्रेलरमा पनि देखिएको छ । उनका यसअघिका सिनेमाको आवरणका तुलनामा यसमा निकै भिन्न देखिएको छ ।

कोट, पाइन्ट र टाईमा ठाँटिएर हिँड्ने कमै क्यारेक्टर मात्रै उनले गरेका छन् । “खासमा क्यारेक्टरको आवरण भन्दा पनि त्यसको भित्री पक्ष के हो त्यसमा पसेर काम गर्न मलाई मजा लाग्छ, मैले गर्ने पनि त्यही हो,” दयाहाङ भन्छन्, “पहिलोपटक यो चलचित्रको स्क्रिप्ट पढ्दा पनि मलाई अहिले मेरो क्यारेक्टरले लगाए जस्तो गेटअप सोचेको थिइनँ ।‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । निर्देशक पौडेलले दयाहाङलाई सुट र टाइमा ठाँटिएर हिँड्ने क्यारेक्टर हो मैले सोचेको भने । भित्री पक्ष अर्कै भए पनि बाहिर अर्कै अथवा म वरिष्ठ हुँ भन्ने देखाउने क्यारेक्टर भएकाले दयाहाङलाई यो आवरण पनि हुन्छ भन्ने लाग्यो । त्यसपछि दयाहाङले लगाए चितवनको प्रचण्ड गर्मीमा टाई, सुट र कोट, जुन उनका लागि सिनेमामा केही नौलो त देखियो नै । झलक्क हेर्दा विल्कुल नौलो हो कि भन्ने पनि देखियो ।

“आवरणमा केही फरक थियो, तर असजिलो थिएन । अभिनय हो, जस्तो प¥यो त्यही गर्ने हो,” दयाहाङ भन्छन्, “बरु कोट लगाउँदा चाहिँ साँच्चै कठिन भएको थियो । चितवनको गर्मीमा कोट लगाउँदा कम्ता होइन गर्मी । कोट चाहिँ मेरा लागि चुनौती जस्तै बनेको थियो ।वरिष्ठ देखाउन चाहिरहने र त्यसमा अरूले दख्खल दिन खोज्दा त्यसको प्रतिकार गर्दै खोलामा रहेको आफ्नो हैकम कायम राख्ने चरित्रमा ‘वरिष्ठ बलराम’मा दयाहाङ छन् । दयाहाङको एकाधिकार खोसेर त्यसको लाभ आफू पनि उठाउने दाउमा रहेका विजय बरालसँको टकराब नै ‘वरिष्ठ बलराम’को कथा हो । यी दुई कलाकार ‘वरिष्ठ बलराम’का मुख्य पात्र हुन् ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीको दिन रिलिज हुनेछ । ‘वरिष्ठ बलराम’मा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको मुख्य भूमिका रहेको छ । सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ ।

चलचित्रको बाल कलाकारमा सुजेन थापा र साइसा गौचन रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् । मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुँवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्ने छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमद्वारा PayG नियन्त्रण सुविधा र ३० दिनको नयाँ डाटा प्याक सार्वजनिक

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host