काठमाडौं, कार्तिक १२-२०८२ / नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत देशभरका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा सर्वसाधारण यात्रुहरूलाई लक्षित Free Wi-Fi इन्टरनेट सेवा सञ्चालन सुरु गरेको छ। सेवाको औपचारिक शुभारम्भ आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) बाट गरिएको हो। उद्घाटन कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डे उपस्थित थिए। पहिलो चरणमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सेवा सञ्चालन गरिएको नेपाल टेलिकमले जनाएको छ। प्रेस विज्ञप्तिकाे पुर्णपाठ-:

कम्पनीका अनुसार Wi-Fi सेवालाई विमानस्थलको आगमन, प्रस्थान, VIP Lounge, तथा प्रतिक्षालय लगायतका क्षेत्रमा उपलब्ध गराइएको छ। नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) बीच भएको समझदारीअनुसार देशभरका ३ वटा अन्तर्राष्ट्रिय र ३४ वटा आन्तरिक विमानस्थलहरूमा सो नि:शुल्क इन्टरनेट सेवा विस्तार गरिनेछ। यात्रुहरूले सेवाको Coverage भएको क्षेत्रमा रहेको SSID “NT-CAAN Free WiFi” मा Connect गरी निर्देशअनुसार प्रक्रिया पूरा गरेपछि नि:शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्। नेपाल टेलिकमका अनुसार यस पहलले यात्रुहरूको डिजिटल पहुँच सहज बनाउने र स्मार्ट एयरपोर्टको दिशामा देशलाई अगाडि बढाउने उद्देश्य राखिएको छ।
दिब्य न्युज संवाददाता ।











