ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

श्रम क्षेत्र बुझेकालाई मात्रै श्रममन्त्री बनाउन महासंघको माग मन्त्रीमा सन्तोषकुमार श्रेष्ठको नाम सिफारिस


श्रम क्षेत्र बुझेकालाई मात्रै श्रममन्त्री बनाउन महासंघको माग मन्त्रीमा सन्तोषकुमार श्रेष्ठको नाम सिफारिस
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, कात्तिक १६ । समाजवादी स्वतन्त्र ट्रेड युनियन महासंघ नेपालले श्रम क्षेत्र बुझेको व्यक्तिलाई श्रममन्त्री बनाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले आज काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी महासंघका महासचिव सन्तोषकुमार श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउन माग गरेको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष नवराज दाहालले अहिले श्रमिकहरुको समस्या धेरै भएकाले श्रम क्षेत्र बुझेको मानिसले मात्रै श्रमसम्बन्धी समस्या समाधान गर्न सक्ने बताए । दाहालले श्रमिकमा समस्याका लागि महासंघ निरन्तर लागिरहेकाले महासंघसँग आबद्ध व्यक्तिलाई मन्त्रालय चलाउन सजिलो हुने पनि स्पष्ट पारेका छन् । महासंघले मन्त्रीका लागि नाम अघि सारेका व्यक्ति सिन्धुली निवासी हुन् ।

ADVERTISEMENT

महासचिव श्रेष्ठ नेपाल हेभी इक्वीपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघका अध्यक्ष पनि हुन् । महासंघले विज्ञप्तीमा भनेको छ– ‘देशभर करिब १८ लाख श्रमिकको हकहितको जिम्मेवारी लिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लामो समयदेखि नेतृत्वबिहीन छ, श्रमिकको समस्या बुझ्ने र समाधान गर्ने ब्यक्तिबिना मन्त्रालय संचालन असम्भव छ ।’ दलगत नभई स्वतन्त्र रुपमा रहेको महासंघमा देशभर ३ लाख श्रमिक आबद्ध भएको महासंघले जनाएको छ । महासंघ २०६६ सालमा स्थापना भएको हो । महासंघले सरकारले गत साउनदेखि तोकेको श्रमिकको न्यूनतम मासिक ज्याला १९ हजार ५ सय ५० रुपैंयाँ पनि श्रमिकले नपाएकोमा चिन्ता व्यक्त गरेको छ । महासंघले यो रकम पनि दैनिक जिवन यापनका लागि पर्याप्त नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले न्यूनतम ज्याला नदिनेमाथि निरीक्षण र कारबाहीको माग पनि गरेको छ । महासंघले विद्युत बक्यौता नतिरेका उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काटिदिएर त्यहाँ कार्यरत धेरै मजदुर कामबिहीन भएकोमा पनि चिन्ता व्यक्त गरेको छ ।

महासंघले ती बन्द उद्योग संचालन गर्न र श्रमिकको रोजगारीको हक सुनिश्चित गर्ने वातावरण मिलाउन पनि सरकारसँग आग्रह गरेको छ । विद्युत् महसुल तिर्न नसक्ने उद्योगहरुलाई अर्ध सरकारीकरण तथा राष्ट्रियकरण गरेर भए पनि श्रमिकको श्रमको हक सुनिश्चित गर्न महासंघले सरकारसँग माग गरेको छ ।
महासंघद्धारा मन्त्रीमा सिफारिस श्रेष्ठले श्रम मन्त्रालय चलाउन यो क्षेत्र बुझेको मानिसले मात्रै सक्ने भएकाले सरकारलाई ध्यानाकर्षण गराइएको बताए । महासंघले सरकारसँग विभिन्न ९ बूँदे माग पनि अघि सारेको छ । केही दिनअघि खगेन्द्र सुनारलाई श्रममन्त्री बनाउने सरकारको तयारी भए पनि अन्तिम समयमा उनको नाम विवादित भएकाले यो मन्त्रालय मन्त्रीबिहीन छ । प्रधानमन्त्री सुशीला कार्कीले नै श्रम मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host